नारायणगढ । प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सवमा आज सोमबार चर्चित दोहोरी गायिका ज्योति मगर आउँदै छिन्। नारायणी नदी किनारमा जारी महोत्सवमा आउने विषयमा गायिका मगरले पनि आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराइसकेकी छिन्। उनले पायक पर्ने सबैलाई महोत्सव आउन निम्तो समेत गरेकी छन्।
ज्याति मगरसँगै गायक रवि रिमाल, जादुगर बलराम सरकार तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनका कलाकारहरूले मञ्च तताउने छन्। उनीहरूले प्रत्यक्ष दोहोरीमार्फत दिनभर मनोरञ्जन दिलाउने छन्। साथमा आदिवासी जनजाति समुदायको साँस्कृतिक प्रस्तुति रहने महोत्सवका कार्यक्रम संयोजक ईश्वर रानागमरले जानकारी दिए।