Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

म्याग्देमा हामीले उत्पादन र कृषिमा विशेष जोड दिएका छौ : अध्यक्ष श्रीप्रसाद श्रेष्ठ

म्याग्देमा हामीले उत्पादन र कृषिमा विशेष जोड दिएका छौ : अध्यक्ष श्रीप्रसाद श्रेष्ठ

इच्छाकामना न्युज

१७, चैत्र २०८०
म्याग्देमा हामीले उत्पादन र कृषिमा विशेष जोड दिएका छौ : अध्यक्ष श्रीप्रसाद श्रेष्ठ

तनहुँ । म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिकाले उत्पादन र कृषिमा विशेष जोड दिएको बताएका छन् । उत्पादन विना पालिका समृद्ध नहुने हुँदा कृषि र उत्पादनले मात्र विकास निर्माणको ढोका खोलिने वहाँको भनाई थियो । सो कुरा पालिकाले आयोजना गरेको दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष श्रेष्ठले सो कुरा बताएका हुन् । 

images

पालिकाले जनजीविकाका सवालमा विशेष काम गरेको भएता पनि विपक्षीले विरोध मात्र गरेको वहाँको भनाई थियो । सकारात्मक कर्म नदेख्ने तर विरोधका नाममा मात्र फगत विरोध गरिरहने प्रवृत्तिले कही पनि नपुगिने हुदाँ रचनात्मक सहयोग सवैले गरेमा मात्र पालिका समृद्ध वन्ने श्रेष्ठले दावी गरे ।

मैले लामो समयदेखि समाज रुपान्तरण र विकासमा काम गरेको हुदाँ कुनै पनि अनैतिक अवान्छनिय र अर्मादित गतिविधी नगर्ने श्रेष्ठले वताए । जनताको यथार्थ स्वरुप आफुले भोगेको हुदाँ जनताको सर्वोपरि विकास र समृद्ध वाहेक अन्य केही पनि सोच छैन, श्रेष्ठले भने । भष्ट्राचारमा शुन्य सहनशीलता अपनाएको हुदाँ कुनै पनि आर्थिक अनुचित आफुलाई क्षम्य नहुने समेत अध्यक्ष श्रेष्ठले बताए । 

431992486_737515518529847_8272744489056028692_n.jpg

पालिकाको प्रशासकीय भवनमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा आम सेवाग्राही जनताले पालिकाले गरेको काम कारवाहीको वारेमा प्रश्न राखेका थिए । पालिका जनमैत्री नभएको, विकास निर्माण आवश्यकताको आधारमा नभई विभेद गरेको, पहुँचका भरमा काम गरेको जस्तो विषयमा जनताले जनप्रतिनिधीसँग जवाफ माग गरेका थिए । पालिकाले गरेको काम कारवाहीलाई आम जनतामा पुग्ने गरि प्रचार गर्नुपर्ने, जनताको उल्लेख्य सहभागितामा सार्वजनिक कार्यक्रम गर्नुपर्ने र जनताले महशुश गर्ने गरि पालिकाले काम नगरेको सेवाग्राहीको प्रश्न रहेको थियो । 

त्यसैगरि पालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले पालिका तथा सरकार सवै जनताको भएको हुदाँ सवैभन्दा पहिलो सेवा गरिव तथा दिनदुखिको लागी दिनुपर्ने बताए । एकातर्फ उनीहरुको पहुँच नपुग्ने र सेवा लिन सम्म नसक्ने जनता पहिलो प्राथमिकीकरणमा पर्नुपर्दछ । सेवा लिने ले पाईरहने र नपाउने ले नपाउदाँ सर्वसाधरणको सरकार नवन्ने हुदाँ समतामुलक विकासमा जोड दिनुपर्ने उपाध्यक्ष घिमिरेले बताए । 

431859943_1637500503655212_5363661008298257354_n.jpg

पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले सेवाग्राहीको समस्यामा आफु सदैव क्रियाशिल भएको बताए । जनताको सेवाका लागी वसेको कर्मचारी जनताप्रति उत्तरदायी हुनुपर्ने वहाँको भनाई रहेको थियो । जनताको सेवाका लागी एकीकृत घुम्ति शिविर, मृगौला परिक्षण, पाठेघरको परिक्षण लगायतका विभिन्न कार्यक्रम गरेको हुदाँ भोलिका दिनमा आम जनताको आवश्यकताका आधारमा पालिका अगाडी वढ्ने अधिकारीले बताए ।

images
प्रकाशित मिति :चैत्र १७, २०८० शनिवार - २१:५५:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology