Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गुरुङ मातृभाषी चलचित्र ‘मार्कली’ शनिबार चितवनमा प्रदर्शन हुदै

गुरुङ मातृभाषी चलचित्र ‘मार्कली’ शनिबार चितवनमा प्रदर्शन हुदै

इच्छाकामना न्युज

२२, चैत्र २०८०
गुरुङ मातृभाषी चलचित्र ‘मार्कली’ शनिबार चितवनमा प्रदर्शन हुदै

चितवन । गुरुङ समुदायको कथावस्तु आधारित मातृभाषी चलचित्र ‘मार्कली’ को चितवनमा प्रदर्शन गरिने भएको छ । नारायणगढमा रहेको इन्द्रदेव चलचित्र मन्दिरमा यहि चैत २४ गते शनिबार बिहान ११ः३० बजे प्रदर्शन गर्न लागिएको हो ।

images

पाईला फिल्म्स प्रा. लि. को व्यानरमा निर्माणमा भएको चलचित्रको चितवनमा भव्य प्रदर्शन गर्न लागिएको फिल्म प्रदर्शनका लागि चितवन संयोजक गुरुङ कलाकार अमिर गुरुङ ‘बन्दिपुरे ठागु’ले जानकारी दिएका छन् । 

चलचित्रको निर्देशन माओत्सेतुङ गुरुङ र बल बहादुर गुरुङले गरेका छन् भने राम बहादुर गुरुङ, रक्षा गुरुङ, भिम गुरुङ, राजु गुरुङ, प्रदिप कुमार गुरुङ, बल बहादुर गुरुङ, इश्वर गुरुङ र सुनिता गुरुङ चलचित्रमा निर्माता रहेका छन् ।

यस्तै चलचित्रमा बल बहादुर गुरुङ, गणेशमान घले, अश्मि गुरुङ, बबिता गुरुङ, प्रतिक्षा गुरुङ, अन्जना गुरुङ, रक्षा गुरुङ, अर्चना गुरुङ, सुसन गुरुङ र गोविन्द पोखरेल लगायतका कलाकारहरुको मुख्य अभिनय रहेका छन् । 

images
प्रकाशित मिति :चैत्र २२, २०८० बिहिवार - ११:३५:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology