Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गुरुङ समुदायको फु ताँ सों दिवस र घाँटु नाच बारे प्ये ल्हु संघ चितवनद्वारा अन्तरक्रिया

गुरुङ समुदायको फु ताँ सों दिवस र घाँटु नाच बारे प्ये ल्हु संघ चितवनद्वारा अन्तरक्रिया

images
गुरुङ समुदायको फु ताँ सों दिवस र घाँटु नाच बारे प्ये ल्हु संघ चितवनद्वारा अन्तरक्रिया
images

भरतपुर । गुरूङ जातिमा रहेका मौलिक एवम् परम्परागत संस्कार, संस्कृतिक ओझेलमा पर्दै गएको भन्दै यसको संरक्षणको लागि तमू प्ये ल्हु संघ चितवनले ‘फु ताँ सों’ दिवस र घाँटु नाचको विषयमा अन्तरक्रिया गरेको छ । भरतपुरमा भएको कार्यक्रममा मुख्य वक्ता ठाकुरजंग गुरूङले भाषा हराउँदै जाँदा त्यसको प्रभावमा संस्कार संस्कृतिसमेत हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

IMG-20240521-WA0002.jpg

अहिलेको नयाँ पुस्ता पोशाकप्रति मात्रै केन्द्रित हुँदा गुरूङ जातिको मुख्य विषय नै ओझेलमा परेको उनको भनाइ छ । अर्का प्रमुख वक्ता जगतबहादुर गुरूङले गुरूङ जातिको उद्घम स्थल मानिएको क्होलासोंथर क्षेत्र विस्तापित भएसँगै गुरूङ जातिको हरेक कृयाकलाप सङ्कटपूर्ण बन्दै गएको बताए । पछिल्लो समय क्होलासोंथरको विषयमा केही कुरा बाहिर आए पनि आउनुपर्ने जति आइनसकेको हुँदा त्यसमाथि अझै खोजविन हुनुपर्ने उनको भनाइ छ ।

‘जब क्होलासोंथर विस्थापित भयो, त्यसपछि नै हाम्रा संस्कृतिहरू पनि ओझेलमा पर्दै गए । पारिए,’ उनले भने, ‘हिजो इतिहास लेख्नेहरू हाम्रो पहुँचका भएनन् । त्यसले पनि अर्को असर पारेको छ ।’ वक्ताहरूले घाँटु नाचको विषयमा पनि चर्चा गरेका थिए । वैशाख पूर्णिमाको छेकोमा नाचिने घाँटु नाचसमेत कतिपय स्थानमा लोप भइसकेको हुँदा यसको संरक्षण गर्न पनि नयाँ पुस्ताले चासो देखाउनुपर्ने उनीहरूको भनाइ छ ।

IMG-20240521-WA0005.jpg

कार्यक्रमका प्रमुख अतिथि तमू प्ये ल्हु संघका केन्द्रीय उपाध्यक्ष तुलाराम गुरूङले परम्परासँग सम्बन्धित संस्कृति जगेर्ना गर्ने विषयमा नयाँ पुस्ताले समेत चासो देखाउनुपर्ने बताए । ‘त्यसकारण हामीले आफ्नो भाषा र भाषाबाटै आएका साँस्कृतिक पक्षलाई केलाएर संरक्षण गर्ने अभियान चलाउनुपर्छ,’ उनले भने । तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले भाषा संस्कृति संरक्षणको लागि प्ये ल्हु संघले विगतदेखि नै प्रयास गर्दै आएको बताए ।

images
प्रकाशित मिति :जेठ ८, २०८१ मंगलवार - १८:०५:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology