Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

गण्डकीमा दिपङ मनाङे र फ्लोर क्रस गर्ने नेसपाका फणिन्द्र देवकोटाले लिए मन्त्रीको शपथ

गण्डकीमा दिपङ मनाङे र फ्लोर क्रस गर्ने नेसपाका फणिन्द्र देवकोटाले लिए मन्त्रीको शपथ

इच्छाकामना न्युज

२९, जेठ २०८१
गण्डकीमा दिपङ मनाङे र फ्लोर क्रस गर्ने नेसपाका फणिन्द्र देवकोटाले लिए मन्त्रीको शपथ
images

पोखरा ।  गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । नेपाल समाजवादी पार्टीका नेता तथा माओवादी सांसद फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले शपथ लिएका हुन् । 

images
images

देवकोटा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङे भौतिक पूर्वाधार मन्त्री बनेका हुन् । देवकोटाले माओवादीको ह्वीप नटेरी फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए ।

उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराए । मुख्यमन्त्री पाण्डेले सोमबार संसदबाट विश्वासको मत पाएपछि मन्त्रीमण्डल विस्तार गरेका हुन् । 

योसँगै गण्डकी मन्त्रिमण्डल ५ सदस्यीय पुगेको छ ।

images
प्रकाशित मिति :जेठ २९, २०८१ मंगलवार - १२:१९:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology