गोरखा, २६ माघ । सिरानचोक गाउँपालिक ६ गाँखुको बेलडाडाबाट बाख्रा हराएका छन् । २३ गते राती खोरमा थुनिरहेको २ वटा खसी र एउटा पाठी चोरी भएको घरधनी अनिता खनालले जानकारी दिईन ।
बिहान उठेर बाख्रालाई घाँसपात गर्न जाँदा बाख्रा चोरी थाहा पाएको उनले बताईन । रातीको समयमा गाउँमै गाडी ल्याएर बाख्रा चोरेको हुन सक्ने स्थानीयले अनुमान लगाएका छन् । खोरमा थुनेको खसी हराउन थालेपछि स्थानीय आश्चर्यमा छन् । घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।