Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आबुधाबी गएका चितवनका वीरलाल तामाङ सम्पर्कविहीन, परिवारमा चिन्ता

आबुधाबी गएका चितवनका वीरलाल तामाङ सम्पर्कविहीन, परिवारमा चिन्ता

इच्छाकामना न्युज

२८, श्रावण २०८१
आबुधाबी गएका चितवनका  वीरलाल तामाङ सम्पर्कविहीन, परिवारमा चिन्ता

भरतपुर । भरतपुर–१५, रामपुर निवासी वीरलाल तामाङ आबुधाबीमा सम्पर्कविहीन भएका छन्, उनलाई सम्पर्कमा आइदिन आग्रह गरिएको छ ।

images

पारिवारिक स्रोतका अनुसार वैदेशिक रोजगारका लागि आबुधाबी पुगेका ४२ वर्षीय तामाङ घर आउने तयारीमा थिए । कम्पनीबाट बिदा लिएर घर आउने क्रममा भाइ ३६ दिनदेखि सम्पर्कबाहिर रहेपछि परिवारमा चिन्ता छाएको दाइ दिलबहादुरले चितवन पोष्टलाई बताए ।

भाइको खोजीका लागि वीरलालले काम गरेको कम्पनी र दूतावासलाई समेत पत्राचार गरिसकिएको उनले बताए । दाजु दिलबहादुरका अनुसार २०८० को कात्तिक अन्तिममा बिदामा घर आएर फागुनमा फर्किएका वीरलाल घरमा श्रीमती बिरामी भएपछि भरतपुरको सप्तगण्डकी अस्पतालबाट बिरामीको रिपोर्ट वीरलाल कार्यरत कम्पनीमा पठाएपछि कम्पनीले बिदा दिएको थियो ।

‘श्रीमती बिरामी भएको रिपोर्ट कम्पनीमा इमेल गरेपछि कम्पनीबाट बिदा लिइसकेको भाइ आफ्नै कोठामा लडेर घाइते भएछ । त्यसपछि कम्पनीले नै उपचारका लागि अस्पताल पु¥याएछ’, दिलबहादुरले भने, ‘अस्पतालको आइसियूमा दुई दिन राखेपछि त्यहीँको प्रहरीले थप उपचार र सोधपुछका लागि लिएर गएकोसम्म जानकारी छ । त्यसपछिको अवस्था अज्ञात छ ।’

गत जुलाई ४ तारिख राखी ३ बजे लडेर घाइते भएका वीरलाललाई अस्पतालबाट प्रहरीले लगेपछि त्यहाँ बस्ने नेपालीले पनि खोजीका लागि सक्दो प्रयास गरेका उनको भनाइ छ । वीरलाल सन् २०१९ देखि आबुधाबीस्थित टार्गेट इन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनीमा स्काफोल्डिङको काम गर्दै आएका थिए ।

भाइको खोजीका लागि वैदेशिक रोजगार विभागलाई पनि पत्र पठाएको, तर साउन २ गते पठाएको पत्रको हालसम्म कुनै प्रतिक्रिया नआएको दाजु दिलबहादुरले जानकारी दिए ।

images
प्रकाशित मिति :श्रावण २८, २०८१ सोमवार - १०:२०:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology