Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

छठका लागि जनकपुरमा भारतबाट पाँच करोडको केरा आयात

छठका लागि जनकपुरमा भारतबाट पाँच करोडको केरा आयात

इच्छाकामना न्युज

१९, कार्तिक २०८१
छठका लागि जनकपुरमा भारतबाट पाँच करोडको केरा आयात
images

धनुषा । छठपर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा रु पाँच करोडको केरा भारतबाट आयात गरिएको छ । छठपर्वका बर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । छठमा सिङ्गै केराको घरी भगवान्लाई अर्घका रूपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताउनुभयो ।

images
images

“केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले पुग्दैन”, उहाँले भन्नुभयो । स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनुपरेको अध्यक्ष यादवले बताउनुभयो । “गत वर्ष रु चार करोडको केरा जनकपुर भित्र्याइएको थियो”, उहाँले भन्नुभयो, “यस वर्ष झण्डै एक सय ५० ट्रक केरा भित्र्याइएको छ । जनकपुरधाममा गोपाल र वंशीभोग जातका केरा सप्तरी जिल्लाको भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ ।

मालभोग, मिरिचमान, चिनी चम्पा जातका केरा भारतको आसाम, गुवाहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट आयात गर्ने गरिएको समितिका सचिव भुवनेश्वर पूर्वेले बताउनुभयो । छठपर्वसँगै गत वर्षको तुलनामा यस वर्ष ३५ प्रतिशतले केराको भाउ महँगिएको सचिव पूर्वेले जानकारी दिनुभयो ।

“छठ मनाउनेको सङ्ख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो । बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष ४०/४५ ट्रक बढी केरा मगाइएको अध्यक्ष यादवले बताउनुभयो । समितिका अध्यक्ष यादवका अनुसार १० चक्के ट्रकमा एक हजार दुई सय घरी केरा आउँछ । प्रतिट्रक जनकपुरसम्म ल्याउँदाको खर्च रु सात लाख पर्ने उहाँले बताउनुभयो । बजारमा प्रत्येक केराको घरीलाई रु एक हजार पाँच सयदेखि तीन हजार पाँचसम्ममा बिक्री गरिन्छ ।

नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छन् । नेपालमा मालभोग, झापाली मालभोग, बिलियम हाइब्रिड रोवस्टा, बिलियम हाइब्रिडलगायत जातका केराखेती हुँदै आएको छ । सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीहरूको भनाइ छ ।

images
प्रकाशित मिति :कार्तिक १९, २०८१ सोमवार - १२:५४:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology