Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

करिब एक सय किलो गाँजासहित एक जना पक्राउ

करिब एक सय किलो गाँजासहित एक जना पक्राउ

इच्छाकामना न्युज

२५, कार्तिक २०८१
करिब एक सय किलो गाँजासहित एक जना पक्राउ
images

मकवानपुर । प्रहरीले करिब एक सय किलो गाँजासहित एक जनालाई हेटौँडा १९ नेवारपानीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे धुलिखेल नगरपालिका-१२ शंखु ओखरकोट बस्ने २९ वर्षीय किरण वाग्ले रहेका छन् ।

images
images

इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश ३-०१-०२४ च ६३६१ नम्बरको पिकअप भ्यानलाई जाँच गर्ने क्रममा खाली क्रेटहरूको बिचमा लुकाई छिपाई ल्याएको ११ वटा प्याकेटमा रहेको उक्त परिमाणको गाँजा फेला पारेको थियो ।

वाग्लेलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक २५, २०८१ आइतवार - १३:४३:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology