Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

डेढ दशक अघि डढेलोले नष्ट पारेको रसुवा स्थित गत्लाङ डाडाँको वन पुनस्थापना गर्न बागमतीका वनमन्त्री सिलवालको चासो

डेढ दशक अघि डढेलोले नष्ट पारेको रसुवा स्थित गत्लाङ डाडाँको वन पुनस्थापना गर्न बागमतीका वनमन्त्री सिलवालको चासो

चित्र बहादुर गुरुङ

२०, मंसिर २०८१
डेढ दशक अघि डढेलोले नष्ट पारेको रसुवा स्थित गत्लाङ डाडाँको वन पुनस्थापना गर्न बागमतीका वनमन्त्री सिलवालको चासो

रसुवा । करिब डेढ दशक अघि भएको आगलागीका कारण नष्ट भएको रसुवाको आमाछोदिङमो गाउँपालिका ३ गतलाङको डाँडामा रहेको वन पुनःस्थापनाको लागि बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले चासो व्यक्त गर्नुभएको छ । उनले एक हप्ता लामो ३ जिल्ला भ्रमणको क्रममा डढेलोले नष्ट गरेको उक्त वन क्षेत्रको अवलोकन गर्दै वन पुनःस्थापनाको लागि चासो व्यक्त गर्नुभएको हो । 

images

IMG_9301.JPG

जिल्लाको ज्यार्सा गोठेन र बोङजोमाने सामुदायिक वनको उच्च पहाडी भेगमा पर्ने उक्त वन क्षेत्रमा २०६५ सालतिर ठुलो डँढेलो लाग्दा करिब ३ सय ६५ हेक्टरमा रहेको ढिङ्ग्रे सल्लो सहितका विभिन्न किसिमका रुखहरु नष्ट हुनका साथै वन्यजन्तु, जडिबुटिहरु जलेर नष्ट भएको थियो । आगलागीले ध्वस्त भएको उक्त वन क्षेत्रमा अझै पनि बोटबिरुवाहरु हुर्किन नसकेर पुरै कालो र नाङ्गो अवस्थामा रहेको छ । 

IMG_9369.JPG

उक्त वन क्षेत्र पुनःस्थापनाको लागि डिभिजन वन कार्यालय रसुवाले पटक पटक प्रयास गर्दा पनि सफल हुन नसकेको डिभिजन वन कार्यालय रसुवाका प्रमुख शम्भु तामाङले बताउनुभयो । उद्यपि उक्त वन क्षेत्र पुनःस्थापनाको लागि कार्यालयले पहल गरिरहेको उहाँले बताउनुभयो ।
डढेलोले नष्ट गरेको सो वन क्षेत्र अवलोकनको लागि बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल गाउँमै पुगेपछि उक्त क्षेत्रका स्थानीय जनता, जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारीहरुले समेत वन पुनःस्थापनाका लागि माग पत्र पेश गरेका छन् ।

IMG_9294.JPG

वनमन्त्री सिलवालसँगै धादिङका पूर्व संघीय सांसद खेम लोहनी, डिभिजन वन कार्यालय रसुवाका प्रमुख शम्भु तामाङ, धादिङका प्रमुख विष्णुप्रसाद आचार्य, जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक कुमार घिमिरे, सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता समुह, राजनीतिक दलका प्रतिनिधि सहभागी कर्यक्रममा स्थानीयहरुले ज्यार्सा गोठेन र बोङजोमाने सामुदायिक वनमा १५ वर्ष अघिदेखि लागेको डँढेलोले नष्ट भएको करिब ३ सय ६५ हेक्टर सामुदायिक वनमा हराभरा बनाउन सरकारले योजना बनाउनु पर्ने, पर्यापर्यटन तथा पार्वतीकुण्ड संरक्षाण र वन ब्यवस्थापनमा जोडदिनुपर्ने माग राखेका हुन् ।

IMG_9237.JPG

स्थानीयहरुको मागपत्र ग्रहण गर्दै वनमन्त्री सिलवालले आगलागीले वन ध्वस्त पारेको प्रति चिन्ता व्यक्त गर्नुहुदै उक्त वन पुनस्थापनाको लागि आफुले तत्काल पहल सुरु गर्ने बताउनुभयो । ‘जीवन र जगतसँग जोडिएको यति ठुलो वन क्षेत्र नष्ट भएको देख्दा म साह्रै चिन्तित भएको छु, जसरी पनि यो वन पुनःस्थापनाको लागि आजैदेखि लागिपर्छु’ –उहाँले भन्नुभयो । 

IMG_9353.JPG

यस्तै वनमन्त्री सिलवालले डढेलो लागेको वर्षौसम्म पनि उक्त वन क्षेत्रमा कुनै पनि बोटबिरुवा उम्रन हुर्कन नसकेकोले पुनःस्थापनाका लागि तत्काल विज्ञहरुको एक समिति बनाई त्यहाँको माटो परीक्षण गरी विज्ञको सुझाव अनुसार कार्य अघि बढाइने उहाँले बताउनुभयो । 

IMG_9371.JPG

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोक घिमिरेले लामो समयदेखि डँढेलो लागेर ध्वत वनलाइ हराभरा बनाउन सामुदायिक वन पुनस्थापना गर्न र वन तथा वातावरण संरक्षण गरी जनताको जिविकामा सुधार ल्याउनुपर्ने बताउनुभयो ।

IMG_9350.JPG

गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङ तथा जनप्रतिनिधिहरू र स्थानीयले मन्त्री सिलवाललाइ स्वागत गरेका थिए । 

IMG_9353.JPG

images
प्रकाशित मिति :मंसिर २०, २०८१ बिहिवार - १२:४३:३९ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology