Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

उत्तरी धादिङको रुवीभ्यालीमा वन संरक्षण क्षेत्र घोषणा गर्ने तयारी

उत्तरी धादिङको रुवीभ्यालीमा वन संरक्षण क्षेत्र घोषणा गर्ने तयारी

इच्छाकामना न्युज

२०, मंसिर २०८१
उत्तरी धादिङको रुवीभ्यालीमा वन संरक्षण क्षेत्र घोषणा गर्ने तयारी
images

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकामा रहेका प्रमुख पर्यटकीय स्थलहरु गणेश हिमाल, प्यलदोर पिक समेतलाई समेटेर उपभोक्ताको अधिकार सुनिश्चित हुनेगरि वन ऐन २०७६ दफा १५ अनुसार वन संरक्षण क्षेत्र घोषणाको तयारीमा बागमति प्रदेश वन तथा वातावरण मन्त्रालय लागेको छ ।

images
images

बागमति प्रदेश वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल भन्छन् ‘रुबीभ्याली क्षेत्रको सोमदाङ, पाङसाङ, लब्दुङ, सेर्तुङ, लगायतको क्षेत्रको स्थलगत अध्यायन समेत गरेर जनताको अधिकारलाई सुनिश्चित गर्न, वन तथा वातावरण संरक्षण गर्न, जनताको एकिकृत विकास गर्नका लागि वन संरक्षण गर्ने र पर्यटन विकासमा जोड दिनका लागि वन क्षेत्र संरक्षण गर्नू आवस्यक छ ।’

मन्त्री सिलवालले उर्वर भूमि भएपनि अवसर र पहुँचबाट वंचित भएको पाइएकोले धादिङबेसी रुबीभ्यालीदेखि सोमदाङसम्मको सडक, पदमार्ग, वातावरण संरक्षण गर्दै स्वर्गको टुक्रा रुबीभ्यालीलाई समृद्ध बनाउन लाग्ने बताए।

rubyvallyb-1024x768.jpeg

डिभिजन बन कार्यालय धादिङले धादिङबेसीमा आयोजना गरेको एक छलफलमा कार्यलय प्रमुख डिभिजन बन अधिकृत विष्णुप्रसाद आचार्यले सामुदायिक बनका उपभोक्ताहरुको संजाल बनाएर उपभोक्ताहरुको अधिकार र विकासका लागि बन ऐन २०७६को दफा १५ बमोजिम बन संरक्षण क्षेत्रका लागि अध्ययान गरिएको बताए ।

जैविक विविधता संरक्षण, पर्या पर्यटन प्रवद्र्धन, जिविको पार्जनमा सुधार, गर्ने गरि यस किसिमको नमूना योजना ल्याइएको आचार्यको भनाइ छ । जैविक मार्ग निर्माण, पदमार्ग विस्तार, ऐतिहासिक, धार्मिक, साँस्कृतिक क्षेत्रको प्रवद्र्धन गर्दै स्थानीय समूदायको आवस्यकता, विकास जिवनस्तरमा सुधार गर्ने खालका कार्यक्रमहरु सामुदायिक बन संजालमार्फत विकास र पूर्वाधारका एकिकृत योजनाहरु ल्याउनेगरि योना बनाइएको आचार्यले बताए ।

रुबभ्यिाली गाउँपालिकामा १६ ओटा सामुदायिक बनहरु रहेको छ भने बन संरक्षण क्षेत्रमा गंगाजमुनाको रि क्षेत्रको वडा नम्बर १ र २, खनियाबास गाउँपालिकाको वडा नम्बर १ र २ नम्बर वडाहरु समेटेर वृहत योजना रहेको पाइएको छ ।

गणेश हिमाल, प्यालदोर पिक, कालोदह, सेतो दह, पाङसाङपास, गणेशकुण्ड, पासाङचोक, तातोपानी, सिङला लगायतका क्षेत्र समेटेर बन संरक्षण क्षेत्र घोषणा गर्न लागिएको आचार्यले बताए।

डिभिजन बन कार्यालय धादिङले संरक्षण क्षेत्रको अध्यायन अनुसन्धानका साथै बन नर्सरी, सालक संरक्षण, नक्षत्र बाटिका लगायतका नमूनायोग्य कार्यक्रम समेत संचालन गरिरहेको छ ।

images
प्रकाशित मिति :मंसिर २०, २०८१ बिहिवार - १८:१९:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology