तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले ३ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा जिल्ला अदालत तनहुँबाट फैसला भई हालसम्म फरार रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको हो।
पक्राउ पर्नेहरुमा आँबुखैरेनी २ बस्ने नीतिबहादुर गुरुङ, व्यास १० बस्ने सन्तोष ज्ञवाली र देवघाट २ बस्ने सुभास बस्ने सोमबहादुर राना रहेको प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए।
अदालतले गुरुङलाई भ्रष्टचार अन्य मुद्दामा ६ महिना कैद, ज्ञवालीलाई साधारण चोरी मुद्दमा एक महिना कैद र ४१ हजार सात सय ६० जरिवाना र रानालाई लागु औषध गाँजा मुद्दमा चार महिना १९ दिन कैद सजाय तोकिएको थियो ।