धादिङ, ५ फागुन । धादिङको थाक्रे गाउँपालिकाले एकल महिलाको लागि रातो उपहार दिने अभियानको सुरुवात गरेको छ । थाक्रे गाउँसभा सदस्य तथा वडा नम्बर ९ का वडा सदस्य सुभद्रा पण्डितबाट रातो उपहार दिने अभियानको सुरुवात भएको गाउँपालिकाले जनाएको छ ।
उहाँको श्रीमान् पुरुषोत्तम पण्डितको असामयिक निधन भएको १३ औँ दिनको पुण्य तिथिमा नेकपा थाक्रेले मँगलबार आयोजना गरेको शोक सभामा गाउँपालिकाले रातो उपहार दिएको छ । कार्यक्रममा निवर्तमान साँसद भुमि त्रिपाठी, गाउँपालिका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष अम्बिका रुपाखेती, नेकपा नेता कृष्ण पन्त लगायतले सँयुक्त रुपमा रातो उपहार दिनुभएको हो ।