Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

पक्राउ परेका अभियुक्तको बयानका आधारमा भागरथीको घडी भेटियो

पक्राउ परेका अभियुक्तको बयानका आधारमा भागरथीको घडी भेटियो

इच्छाकामना न्युज

६, फाल्गुण २०७७
पक्राउ परेका अभियुक्तको बयानका आधारमा भागरथीको घडी भेटियो
images

डम्बरबाबु बोहरा, बैतडी, ६ फागुन । बैतडीको दोगडाकेदार गाउँपालिका–७ का १७वर्षका किशोरी भागरथी भट्टको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका किशोरको बयानको आधारमा घटनास्थल नजिकैबाट प्रहरीले भागरथीको घडी फेला परेको छ ।
प्रहरीका अनुसार सोधपुछका क्रममा ती किशोरले भागरथीको हत्यापछि उनको घडी घटनास्थलभन्दा केही तल फालेको बयान दिएका थिए । उनको बायनको आधारमा खोजतालस गर्दा घडी फेला परेको प्रहरीको भनाइ छ । स्थानीयको रोहबरमा सो घडी बरामद गरिएको थियो । 
प्रहरीले भागरथीको हत्या गरेको आरोपमा उनी अध्ययनरत सनातन धर्म माध्यामिक विद्यालयका कक्षा ११ का एक छात्रलाई पक्राउ गरेको छ । भागरथी त्यही विद्यालयको कक्षा १२ मा अध्ययनरत थिइन् । व्यक्तिगत रिसिइबीको कारण आफूले भागरथीको हत्या गरेको ती किशोरले प्रहरीसमक्ष स्वीकार गरेका छन् । यद्यपी परिवारका सदस्यहरुले दोषीलाई पक्राउ नगरिएको भन्दै शब बुझ्न मानेका छैनन् । 

images
images

images
प्रकाशित मिति :फाल्गुण ६, २०७७ बिहिवार - १८:५२:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology