Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चितवन प्रहरीद्वारा मुग्लिन बजारबाट वृद्वा हत्यामा संलग्न एक महिला पक्राउ गरी सार्वजनिक

चितवन प्रहरीद्वारा मुग्लिन बजारबाट वृद्वा हत्यामा संलग्न एक महिला पक्राउ गरी सार्वजनिक

इच्छाकामना न्युज

६, फाल्गुण २०७७
चितवन प्रहरीद्वारा मुग्लिन बजारबाट वृद्वा हत्यामा संलग्न एक महिला पक्राउ गरी सार्वजनिक

चितवन, ६ फागुन । जिल्ला प्रहरी कार्यालय चितवनले ४ महिना अघि हत्या भएका भरतपुर महानगर –९ की ७४ वर्षीया बाबाहजुर थापाको अभियुक्तलाई पक्राउ गरि सार्वजनिक गरेको छ। मृतक थापाको हत्या अभियोगमा प्रहरीले मकवानपुरको थाहा नगरपालिका–८ घर भएकी ३५ वर्षीया महिला सविना सुनार भनिने शोभा विकलाई पक्राउ गरि आज सार्वजनिक गरेको हो। 
अभियुक्त विकलाई प्रहरीले फागुन २ गते मुग्लिन बजारबाट पक्राउ गरेको हो। अभियुक्त विकले आफुले चोरीको लागि हत्या गरेको स्वीकार गरेसँगै प्रहरीले आज उनलाई सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ गरेकी महिलाले वृद्धा घरमा एक्लै रहेको थाहापाएपछि मोबाइल र गरहरना लुटपाट गर्न थापाको हत्या गरेको स्वीकार गरेको एसपी अधिकारीले बताउनुभयो । चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थपगरी मुलुकी अपराध संहिता–२०७४ को ज्यान सम्बन्धी कसुर अन्तर्गत कर्तव्य ज्यान मुद्दामा विकलाई थप अनुसन्धान भईरहेको चितवन प्रहरीले जनाएको छ ।

images

images
प्रकाशित मिति :फाल्गुण ६, २०७७ बिहिवार - २१:१०:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology