आज १४ फेब्रुअरी,
पाश्चात्य संस्कृतिको देखासिकीमा आज ‘भ्यालेन्टाइन डे’ अर्थात ‘प्रेमदिवस’।
आजकै यही दिन, गत वर्ष उनले अर्थात् रुपाले बिर्सिएर नसम्झेको दिन, कुनै भेटघाट, कुनै शुभेच्छा, कुनै उपहार बिना नै झण्डै ३ वर्ष अघि मोडेल क्याम्पस दमकमा ११ कक्षा पढ्ने बेलाको चिनजान कलेज लाइफमा प्रेममा पणित हुन समय नै लागेन। हाम्रो पहिलो भेट कलेजको लाइब्रेरीमा भएको थियो। उनी हँसिली, गोरी र झण्डै ५.५’’ अग्ली, सुन्दरी, नाम ‘रुपा’।
हाम्रो सामिप्यता पछि मैले देवदासकी पारु झै सम्झिएर नाम नै ‘पारु’ अर्थात् रुपाको उल्टोपट्टिबाट पारु भन्न थालें। पहिलो वर्षको भ्यालेन्टाइन हामी कन्यामको चिया बगान घुमेर मनाऔं। तीनपाते चियाका मुना साटासाट ग¥यौं र मायालाई प्रगाढ बनाउने कसम खायौं। घर उनको पाँचथर, पढ्नलाई दमक आएकी। खैर ! छोडौं यी कुरा...
आज ‘प्रेम दिवस’, गत वर्ष आजको दिन भेट हुन नपाएको, पूmल समेत दिन नपाएको पश्चातापको धमिलो यादलाई मेट्न हिजो नै उनले मलाई कञ्चनजंघा क्याफेमा आउने निम्तो दिएकी थिइन्। म उनले बोलाएको समयमै पुगें तर उनी त अघि नै आइसकेकी रहिछिन्। हतासमा मैले आफ्नो हातको घडी नहेरी क्याफेको भित्तामा हेरें, समय घर्केको रहेनछ।
‘‘गुड मर्निङ’’ मैले मुस्कुराउँदै भनें।
‘‘मर्निङ हजुर’’ उही हँसिलो पाराले जवाफ दिदैं नजिर्कको कुर्सीमा बस्न भनिन्।
वेटरले हातमा मेनु ल्याएर अर्डर माग्यो झटपट उनले नै आपूmलाई ब्ल्याक कफी र मेरो लागि हट लेमन विथ हनी अर्डर गरिन्।
एकैछिनमा कफी र हट लेमन टेबुलमा आइपुग्यो। आजको प्रेमिल दिनमा मुटुको धड्कन बढ्दै थियो र कोही पहिला, के बोल्ने भनेर मौन प्रतिक्षामा थियौं। यतिकैमा रुपा उर्फ पारुले भनिन्– ‘‘हजुरको गिलासमा त हनी अहिलेसम्म घुलिएकै छैन, हेर्नुस् त।’’
सायद कागतीको अमिलोले कुढ्याउँन नसकेर एकदमै चोखिएर पिंधमा हनी एक ढिक्का भएर जमेको थियो।
‘‘पिउनुस्, नत्र कोल्ड हुन्छ’’ हातले इशारा गर्दै भनिन्।
‘‘पोहोरको जस्तै कोल्ड भ्यालेन्टाईन ?’’ मैले प्याच्च ओठे जवाफ लगाएँ।
तुरुन्तै रुञ्चे अनुहार लगाएर रुपाले भनिन् ‘‘देव ! मेरो जीवनमा तिम्रो प्रवेशलाई मैले ढिलोचाँडो स्वीकार गरेकी हुँ र जिन्दगीमा निरन्तर अगाडी बढिरहेकी हुँ। त्यतिबेला मेरो बाबाको निधनले भेट्न पाइँन। अझै वर्ष दिन पुगेको छैन।’’
‘‘हजुरलाई सम्झिएर यति रोएँ कि आपूmलाई सम्हाल्न गाह्रो भयो तर समालिएँ।’’ एकोहोरो भनिरहिन्। घर छेउमै आपाको चिहान छ, हजुरको यादा आउँदा त्यहि रुङ्गेर रुन्छु म।
"खोई हजुर ! के मोहनी लगाउनु भयो मलाई ? हजुरको नियास्रो लाग्दा गर्दा गर्दैको काम पनि बिर्सन्छु । निन्द्रा नलागेर झस्किएर ब्युँझिन्छु। मध्यरातमा हजुर आएर जुन टिपेर शीरपूmल लगाइदिनुहुन्छ झैं लाग्छ। आकाशमा छरिएका ताराहरु संगालेर सिलाएको पछ्यौरी ओढाइदिनु हुन्छ कि झैं लाग्छ।"
म निःशब्द भएँ। प्रेमदिवसको दिन। उनको आँखामा भएको अश्रुबुँदले म पनि निथ्रुक्क भिजें। उनले भनिरहिन्, म मौनतामा श्रोता बनिरहेँ। हजुर नै मेरो सहारा, मेरो देव ! मेरो तीर्थ। मेरो आपाको अभाव हजुरको मायाले त पूरा गरेको छ। म मेरो सम्पूर्ण प्रेम हरपल हजुरकै चरणमा समर्पण गर्दैछु। हजुरको अगाध स्नेह र प्रेमले दिन, रात, भोक, प्यास, निन्द्रा छुट्याउने गाह्रो परेको छ।
‘‘हजुरलाई याद छ ? मेरो १२ कक्षाको परीक्षाको अघिल्लो रात म बिरामी पर्दा जाउलो बनाएर खुवाउनु भएको, रातभरि मेरो सुत्ने खाटको तलतिर कुरेर बस्नुभएको ?’’ त्यो दिनदेखि मैले हजुरलाई भगवान मानें र हजुरको तस्विरलाई हृदयको क्यान्भासमा टासें।
उनी पुराना स्मृतिका कुराहरु सुनाउँदै गइन्, म पनि मौन भई सुनि मात्र रहें।
उनले भनिन्, ‘‘म हजुरलाई अनुमति बिना नै नियाल्थे, जब हजुरले हेर्नुहुन्थ्यो, म आफ्ना नजर तुरुन्तै अन्ततिर सुसेल्थे। हाम्रो नजको अञ्जान मिलन हुँदा मेरो मुटुको चाल बढ्थ्यो, धड्कन बढ्थ्यो।’’
उनले घरी मुस्कुराउँदै, घरी आँखामा अश्रुरस भर्दै कुरा गर्दा क्याफेमा आएका गेष्टहरु, वेटरहरु हामीलाई नियाली रहेका हुन्थे। उनले नै वेटरलाई हातको इशाराले बोलाउँदै एक प्लेट मःम सुप र अर्को ठाउँमा थुक्पा अर्डर गरिन्। अनि फेरि शुरु गरिन् प्रेमिल स्मरणका श्रृङ्खलाहरु।
हजुरको साथ पाएदेखि मेरो जीवनमा हजुरले स्वर्ग र सपनाको किरण छरिदिनु भयो। मायाको पुष्पदृष्टि गरिदिनुभयो। साँच्चै नै देव ! माया त समुद्रको नुनिलो पानी झै हुँदो रहेछ, जति मियो त्यति प्यास लाग्ने, तृप्त नै नहुने।
थाहा छ हजुरलाई ? हजुरको यादमा, सम्झनामा झझल्कोमा म त्यसै त्यसै हराउँछु। अर्ध बेहोस हुन्छु। यो संसारसँग बेखबर हुन्छु, किन होला ? बादल आकाशमा मडारिदां, जुनतारा चम्किदा हजुरको रुमानी सम्झना आइदिन्छ। अझै ‘‘तिमीलाई कुनै पल नदेखूँ, यो मन डराउँछ’’ जस्ता प्रेमगीत सुन्दा त हजुर प्रति प्रेम अनुराग उर्लेर आउँछ।
खोई हजुर ! के मोहनी लगाउनु भयो मलाई ? हजुरको नियास्रो लाग्दा गर्दा गर्दैको काम पनि बिर्सन्छु । निन्द्रा नलागेर झस्किएर ब्युँझिन्छु। मध्यरातमा हजुर आएर जुन टिपेर शीरपूmल लगाइदिनुहुन्छ झैं लाग्छ। आकाशमा छरिएका ताराहरु संगालेर सिलाएको पछ्यौरी ओढाइदिनु हुन्छ कि झैं लाग्छ।
बीचमै रोकेर मैले भने, ‘‘पारु ! हामी एक अर्काका पूरक हौं, तिमी आधा र म आधा भएर पूरा हुनेछौं। म पनि त अगाध प्यार गर्छु तिमीलाई। मदिरा मात उत्रेपछि छाड्छ तर हाम्रो यो मायाले मातेपछि कहिल्यै छाड्दैन्। हामीले सच्चा परिपक्व र आदर्श प्रेम गरेका छौं।’’
त्यतिकैमा उनले सानो व्यागबाट एउटा पफ्र्युमको पकेट दिदै ह्याप्पी भ्यालेन्टाइन् भनिन् र थपिन्। हरेक दिन हजुर पनि यो पफ्र्युम लगाएर हिड्दा मेरो याद यसको सुगन्धसँगै रहनेछ। ।
यसपालीको, आजको भ्यालेन्टाइन उनले बताएको रुमानी सम्झनासँगै बित्यो। आगे साल कस्तो रहला ?