Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

वारपाक घटनाका मृतक सबैको पोष्टमार्टम, रिपोर्ट आउन ३ दिन लाग्ने

वारपाक घटनाका मृतक सबैको पोष्टमार्टम, रिपोर्ट आउन ३ दिन लाग्ने

images

इच्छाकामना न्युज

११, फाल्गुण २०७७
वारपाक घटनाका मृतक सबैको पोष्टमार्टम, रिपोर्ट आउन ३ दिन लाग्ने
images

गोरखा, ११ फागुन । सुतिरहेको ठाउँमा मृत भेटिएको गोरखाको बारपाक सुलिकोट गाउँपालिका १ बारपाकका तीन जनाको शव आज पोष्टमार्टम गरिएको छ । ८४ वर्षिय टिलबहादुर गुरुङ, २२ वर्षिया आईतकुमारी गुरुङ र १३ वर्षिय उषा गुरुङ सोमवार बिहान मृत भेटिएका थिए ।

‘पोष्टमार्टममा त्यस्तो केही देखिएन’ डाक्टर दिपेन्द्र मग्रातीले भने ‘आमाशय, कलेजो, मृगौला, रगतको परीक्षण गर्न पठाएका छौँ, रिपोर्ट आउन केही दिन लाग्छ ।’ पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र कारण पहिचान हुन सक्ने उनले बताए । अनुमान गर्न मिल्ने गरी पोष्टमार्टम गर्दा केही नदेखिएको उनले बताए ।

पोष्टमार्टम रिपोर्ट आउन केही दिन लाग्ने प्रहरीले जनाएको छ । रिपोर्टका लागि परीक्षण गर्न काठमाण्डौँ पठाइएको छ । जौवारी प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम पछि मृतकका परिवारले दाहासंस्कारका लागि शव बारपाक नै लगेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - २०:४४:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology