Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

अवैध रुपमा नदीजन्य सामाग्री उद्खनन् गरेको भन्दै तनहुँ प्रहरीले समात्यो ७ वटा टिप्पर र १ एक्साभेटर

अवैध रुपमा नदीजन्य सामाग्री उद्खनन् गरेको भन्दै तनहुँ प्रहरीले समात्यो ७ वटा टिप्पर र १ एक्साभेटर

इच्छाकामना न्युज

१२, फाल्गुण २०७७
अवैध रुपमा नदीजन्य सामाग्री उद्खनन् गरेको भन्दै तनहुँ प्रहरीले समात्यो ७ वटा टिप्पर र १ एक्साभेटर
images

तनहुँ, १२ फागुन । अवैध उत्खनन् गरेको भन्दै तनहुँ प्रहरीले सात टिप्पर र एउटा एक्साभेटर नियन्त्रणमा लिएको छ ।
म्याग्दे गाउँपालिका वडा नं. ५ स्थित सेती नदीको किनारबाट अबैध रुपमा बालुवा उत्खनन् एवं लोड गर्दै गरेको भन्दै ग १ क २८७९ नं. को एक्साभेटर सहित ग १ ख ८७७७ नं. को टिप्परलाई ईलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई पठाएकामा म्याग्दे गाउँपालिकाले ४० हजार जरिवाना गराएको प्रहरी नायब उरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए ।
यसैगरी, तनहुँ बन्दीपुर ६ सराङघाट स्थितमा अवैध सञ्चालनको अभियोगमा बन्द नमुना ग्रिड एण्ड क्रसर उद्योग प्रा.लि.बाट अवैध रूपमा ढुङ्गा गिट्टी बालुवा बोकी व्यास १४ एक्लेभट्टी स्थित साराङघाट तर्फबाट दमौली तर्फ ल्याउदै गरेको अवस्थामा ग १ ख ४७२७, ग १ क ३४२३, ग १ ख ९२५३ र ग १ ख ७९९७ नं. को टिप्परलाई नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिको कार्यालय तनहुँमा पठाइएको प्रहरीले जनाएको छ ।
यसैगरी, भानु नगरपालिका वडा नं. ९ दमालघाट स्थितबाट अबैध रुपमा बालुवा उत्खनन् गरी लिई हिडेको भन्दै ग १ क ५२२० नं. को टिप्परलाई प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई भानु नगरपालिकाको कार्यालय बुझाएकामा २० हजार जरिवाना तिराइएको छ ।
यसैगरी, म्याग्दे गाउँपालिका स्थित सेती दोभान घाटबाट अबैध रुपमा गिट्टी बालुवा उत्खनन् गरी ओसार पसार गर्दै गरेको अवस्थामा ग १ क ४२९० को टिप्परलाई प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई म्याग्दे गाउँपालिकाको कार्यालय तनहुँमा बुझाएकोमा २३ हजार रुपैयाँ जरिवाना भएको डिएसपी तिमल्सेनाले जानकारी दिए ।

images
images

images
प्रकाशित मिति :फाल्गुण १२, २०७७ बुधवार - २३:११:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology