Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कावासोतीमा ६ महिने बालिका हत्या आरोपीलाई कारवाहीको माग गर्दै स्थानीयद्वारा प्रदर्शन

कावासोतीमा ६ महिने बालिका हत्या आरोपीलाई कारवाहीको माग गर्दै स्थानीयद्वारा प्रदर्शन

इच्छाकामना न्युज

१६, फाल्गुण २०७७
कावासोतीमा ६ महिने बालिका हत्या आरोपीलाई कारवाहीको माग गर्दै स्थानीयद्वारा प्रदर्शन

कावासोती, १६ फागुन । नवलपरासी पूर्व (नवलपुरको) बालिकाको हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् । कावासोती नगरपालिका वडा –४,मा ६ महिने बालिकालाई हत्या गरिएको भन्दै हत्यामा संलग्नलाई पक्राउ गरी कारवाही गर्न माग राखी शनिबार जिल्ला प्रहरी कार्यालयमा स्थानियले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

images

६ महिने बालिकालाई आफ्नै घरपरिवारले नियोजित रुपमा हत्या गरेको भनी बालिकाकी आमाले जाहेरी दिएपछि अनुसन्धानमा संलग्नलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताउनुभयो । स्थानीयले भने प्रहरीले घटनाको छानबिनमा उदासिनता देखाएको भन्दै शनिबार प्रदर्शन गरेका थिए । उनिहरुले घटनाको निश्पक्ष छानविन गरी दोषीलाई कारवाहीको माग गरेका छन् । प्रहरी नायव उपरिक्षक गिरीले संलग्न भनिएको व्यक्तिलाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान प्रक्रिया शुरु गरिएको बताउनुभयो ।

फागुन ७ गते शुक्रबार बिहान २ बजेको समयमा बालिकालाई नियोजित रुपमा विषादी खुवाएर हत्या गरेको आरोप बालिकाकी आमाको छ । घटनामा मृत बालिकाको बुबा,हजुरबुबा, हजुरआमा र आमाजु संलग्न रहेको भनेर प्रहरीमा किटानी जाहेरी परेको छ

images
प्रकाशित मिति :फाल्गुण १६, २०७७ आइतवार - ०९:१६:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology