तनहुँ, २६ असोज । तनहुँमा रहेका १० वटा स्थानीय तह मध्य आँबुखैरेनीमा सबै भन्दा कम कोरोना संक्रमित देखिएको छ। स्वास्थ्य कार्यालय तनहुँले पछिल्लो समय सार्वजनिक गरेको तथ्याङ्क अनुसार आाँबुखैरेनीमा सबै भन्दा कम कोरोना संक्रमित देखिएको हो।
तनहुँमा हालसम्म पाँच सय ६४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो समय संक्रमितको संख्या बढ्दै जाँदा जिल्लामा संक्रमितको संख्या पनि उकालो लागिरहेको छ।
कुल नौ हजार तीन सय ५ जनाको परीक्षण हुँदा संक्रमित भेटिएका मध्ये एक सय ४९ जना आइसोलेसनमा छन्। ४ सय १० जना निको हुँदा पाँच जनाको ज्यान गएको तथ्यांक जिल्ला स्वास्थ्य कार्यालय तनहुँले सार्वजनिक गरेको छ।
संक्रमितको तथ्यांकले व्यास नगरपालिकामा सर्वाधिक बढी र आँबुखैरेनी गाउँपालिकामा सबैभन्दा कम संक्रमण देखाएको छ।