नवलपुर । नवलपुर जिल्लाको पूर्वी क्षेत्र, विनयी त्रिवेणी गाउँपालिका–१, ज्यामिरे खोलाको किनारमा एक भाले गैडा मृत अवस्थामा फेला परेको छ। आज बिहान चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीहरूले अन्दाजी १५ वर्ष उमेरको गैडा मृत भेटिएको जानकारी प्रहरीलाई दिएका थिए। प्रारम्भिक अनुमानअनुसार उक्त गैडा करिब १र२ महिना अगाडि नै मरेको देखिन्छ।