Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

ताप्लेजुङमा बढ्दै सम्बन्धविच्छेद गर्नेको सङ्ख्या

ताप्लेजुङमा बढ्दै सम्बन्धविच्छेद गर्नेको सङ्ख्या

इच्छाकामना न्युज

१३, श्रावण २०८२
ताप्लेजुङमा बढ्दै सम्बन्धविच्छेद गर्नेको सङ्ख्या
images

चन्द्र पन्दाक, ताप्लेजुङ । ताप्लेजुङमा सम्बन्धविच्छेद गर्ने बढेका छन् । ताप्लेजुङ जिल्ला अदालतका अनुसार पछिल्लो समय सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएका हुन् । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये झण्डै आधा सम्बन्धविच्छेदसँग सम्बन्धित मुद्दा रहेका छन् ।

images
images

गएको आर्थिक वर्ष २०८१/८२ मा २८० जनाले सम्बन्धविच्छेद गरेका छन् । अघिल्लो आवबाट जिम्मेवारी सरी आएकोसमेत कुल ५७९ थान मुद्दा रहेकोमा उक्त सङ्ख्यामा सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा रहेको जिल्ला अदालतका सूचना अधिकारी बिष्णुकुमार राईले जानकारी दिनुभयो । राईका अनुसार अदालतमा दर्ता भएका सम्बन्ध विच्छेदसम्बन्धी २८० थानमध्ये २३७ थान मुद्दा फर्छ्यौट  भएको छ ।

सम्बन्ध विच्छेदसम्बन्धी ४३ थान मुद्दाको फर्छ्यौट  गर्ने दायित्व चालु नयाँ आर्थिक वर्ष २०८२/८३ का लागि जिम्मेवारी सरेको पनि राईले जानकारी दिनुभयो । जिल्ला अदालतका अनुसार गएको आवमा सम्बन्ध विच्छेदसमेत गरी कुल ४२० थान मुद्दाको फर्छ्स्यौट भएको छ । नयाँ आवका लागि १५९ थान मुद्दाको जिम्मेवारी सरी आएको र अब आउँदो साउन १८ गतेदेखि ताप्लेजुङ जिल्ला अदालतको इजलास सुरु हुने जिल्ला न्यायाधीस विकास श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै कैद सजायतर्फ एक हजार २३७ वर्ष पाँच महिना दुई दिन असुल गर्नुपने लगत रहेकोमा हालसम्म ११९ वर्ष छ महिना चार दिन मात्र असुल भएको अर्थात फर्छ्यौट भएको अदालतले जनाएको छ । जरिवानातर्फ कुल लगत तीन करोड ३७ लाख ४९ हजार २२९ रुपियाँ रहेकोमा गएका आव सम्ममा १५ लाख २९ हजार ९४७ रुपियाँ असुल भएको पनि जिल्ला अदालतले जनाएको छ । गाेर्खापत्रबाट

images
प्रकाशित मिति :श्रावण १३, २०८२ मंगलवार - ०८:१०:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology