Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गैँडाकोट स्थित भित्री सडकबाट २० मिटर तल खोल्सामा खसेर एक जनाको मृत्यु

गैँडाकोट स्थित भित्री सडकबाट २० मिटर तल खोल्सामा खसेर एक जनाको मृत्यु

images

इच्छाकामना न्युज

१७, श्रावण २०८२
गैँडाकोट स्थित भित्री सडकबाट २० मिटर तल खोल्सामा खसेर एक जनाको मृत्यु
images

नवलपुर, साउन १७ गते । नवलपुरको गैँडाकोट नगरपालिका–१४, नगरटाँडीस्थित भित्री सडकबाट २० मिटर तल खोल्सामा खसेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार खोल्सामा खसेर आज देवचुली नगरपालिका–१६, रहजर निवासी ५१ वर्षीय किसान न्यौपानेको मृत्यु भएको हो ।

शुक्रबार साँझ घरबाट नगरटाँडीस्थित जाली फ्याक्ट्रीमा काम खोज्न जान्छु भनी साइकल लिइ हिडेका उहाँको आज शव भेटिएको छ । उहाँलाई स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । 

घटनास्थल नजिकै साइकल फेला परेको र उहाँ साइकलबाट लडेर खोल्सामा खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

images
प्रकाशित मिति :श्रावण १७, २०८२ शनिवार - १५:४१:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology