Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चेपाङ जीवनशैली-कविता

चेपाङ जीवनशैली-कविता

इच्छाकामना न्युज

२३, श्रावण २०८२
चेपाङ जीवनशैली-कविता

पहाडको फेदमा बाच्छ प्रकृतिसँगै प्र्रेम गर्छ
चेपाङको जीवनशैली प्रकृतिलाई खेल गर्छ

images

ढिडो गिठ्ठा भ्याकुर खादै जङ्गल उसको साथी हो
थोरैमा खुशी मान्ने धेरैमा कहिल्यै हेल गर्छ

झोलुङ्गे खेत पसिना पुक्षी कोदो मकै फलाउछ
सिपाली हात, माया साचो आफ्नै झै जेल गर्छ

न माया गर्छ महललाई न चाहान्छ ठूला शहर
चट्टान जस्तै उभिएर आधि हुरी झेल गर्छ

बिर्सीएर समाजले पनि विकाश कहा पुग्दछ र
तर आत्मा उसको अझै सस्कृती सम्हालेर खेल गर्छ

 

अन्जना चेपाङ
गण्डकी गा पा २, ताङ्लिचोक, गोरखा । 

images
प्रकाशित मिति :श्रावण २३, २०८२ शुक्रवार - ०९:२२:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology