Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

काठमाडौबाट आरुघाट जाँदै गरेको रात्रि बस दुर्घटना, १४ जना घाइते

काठमाडौबाट आरुघाट जाँदै गरेको रात्रि बस दुर्घटना, १४ जना घाइते

images

इच्छाकामना न्युज

१७, भाद्र २०८२
काठमाडौबाट आरुघाट जाँदै गरेको रात्रि बस दुर्घटना, १४ जना घाइते
images

गोरखा। काठमाडौँबाट गोरखा जाँदै गरेको रात्रीबस भिमसेनथापा गाउँपालिका- ३ तान्द्राङ टारीफाटमा दुर्घटना भएको छ।

दुर्घटनामा केही यात्रु घाइते भएका छन् भने बस रुखमा अड्किँदा ठुलो मानवीय क्षति हुनबाट जोगिएको स्थानिय प्रत्यक्षदर्शीले बताएका छन् । काठमाडौँबाट गोरखा माछिखोला जाँदै गरेको बागमती प्रदेश ०१ -००६-४१-३१ नम्बरको रात्रीबस मंगलबार बिहान गोरखाको भिमसेनथापा गाउँपालिका टारीफाटमा दुर्घटनामा परेको हो।

बसमा करिब १५ जना यात्रु सवार थिए। दुर्घटनामा केही यात्रु घाइते भएका छन्। घाइतेहरुको तत्काल उद्धार सशस्त्र प्रहरी र स्थानीयबासीले संयुक्त रूपमा गरेका थिए। उनीहरुलाई उपचारका लागि गोरखा अस्पताल पुर्याइएको छ।

बस सडकबाट अनियन्त्रित भई तल झर्दै गर्दा बाटो छेउको रुखमा अड्किँदा ठुलो मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले बताएको छ ।

images
प्रकाशित मिति :भाद्र १७, २०८२ मंगलवार - ०८:०८:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology