Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तनहुँ कारागारबाट ३२७ जना कैदीबन्दी फरार

तनहुँ कारागारबाट ३२७ जना कैदीबन्दी फरार

images

इच्छाकामना न्युज

२५, भाद्र २०८२
तनहुँ कारागारबाट ३२७ जना कैदीबन्दी फरार
images

तनहुँ । तनहुँ कारागारबाट मङ्गलबार साँझ ३२७ जना कैदीबन्दी फरार भएका छन् । जेनजी आन्दोलन चर्किएपछि सदरमुकाम दमौलीस्थित विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी भइरहेका बेला कैदीबन्दी पनि भागेका हुन् ।

कारागारका निमित्त प्रमुख पूर्ण राउतका अनुसार भाग्नेमा २० जना महिला र बाँकी सबै पुरुष रहेका छन् । उहाँले भन्नुभयो, “स्थिती नियन्त्रण बाहिर गयो, सुरक्षाकर्मीले समयमै नियन्त्रणमा लिन नसक्दा कैदीबन्दी भाग्न सफल भए ।” मङ्गलबार दिउँसोदेखि आन्दोलनकारीले जिल्ला मालपोत कार्यालय, जिल्ला प्रशासन लगायतका, जिल्ला समन्वय समिति, तनहुँ जिल्ला अदालत, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, सिँचाइ कार्यालय लगतयतमा आगजनी र तोडफोड गरेका थिए ।

सोही क्रममा कारागार परिसर पनि निशानामा परेपछि कैदीबन्दी भागेका हन् । फरार कैदीबन्दीमध्ये कतिपय सजाय भुक्तान गरीरहेका सामान्य मुद्दाका रहे पनि धेरै जना गम्भीर आपराधिक मुद्दामा जेल जीवन बिताइरहेका थिए । 

images
प्रकाशित मिति :भाद्र २५, २०८२ बुधवार - ०९:५४:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology