Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

फरार ८२ कैदीबन्दी पक्राउ

फरार ८२ कैदीबन्दी पक्राउ

images

इच्छाकामना न्युज

३, आश्विन २०८२
फरार ८२ कैदीबन्दी पक्राउ
images

सप्तरी । कारागार कार्यालय सप्तरीबाट फरार कैदीबन्दीमध्ये ८२ जनालाई हालसम्म प्रहरीले पक्राउ गरेको छ । भदौ २५ गते बुधबार कारागारको मुख्य गेट तोडी तीन सय ९७ कैदीमध्ये दुई सय पाँच जना फरार भएका थिए ।

प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ८२ जनालाई नियन्त्रणमा लिएको छ भने झुम्का कारागार, सुनसरीबाट फरार भएका ६ जना र नख्खु कारागारबाट फरार दुई जना कैदी समेत गरी हालसम्म ९० जना पक्राउ परेका छन् ।

अहिलेसम्म राजविराज कारागारका एक सय २३ जना कैदी अझै फरार रहेका र उनीहरूको खोजी तीव्र रुपमा भइरहेको प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिएका छन् ।

उहाँका अनुसार भारतको बिहार राज्यसँग जोडिएको विभिन्न नाकामा खोजी अभियानलाई थप सक्रिय बनाइएको छ । कारागारमा सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै हाल कार्यालय वरिपरि कर्फ्युलाई निरन्तरता दिइएको छ । 

images
प्रकाशित मिति :आश्विन ३, २०८२ शुक्रवार - ०९:०६:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology