Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तमू ह्युल छोंज धीं चितवनको अध्यक्षमा बुद्धिमान गुरुङ निर्वाचित

तमू ह्युल छोंज धीं चितवनको अध्यक्षमा बुद्धिमान गुरुङ निर्वाचित

इच्छाकामना न्युज

१६, कार्तिक २०८२
तमू ह्युल छोंज धीं चितवनको अध्यक्षमा बुद्धिमान गुरुङ निर्वाचित

चितवन । तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद चितवनको अध्यक्षमा बुद्धिमान गुरूङ निर्वाचित भएका छन्। शनिबार र आइतबार भएको पाँचौँ जिल्ला अधिवेशनबाट अध्यक्षका प्रत्यासी दुई जनामध्ये मीना गुरूङलाई पछि पार्दै बुद्धिमान गुरूङ निर्वाचित भएका हुन्। बुद्धिमान गुरूङले ५३ मत प्राप्त गरेर विजयी हुँदा मीना गुरूङले जम्मा ३५ मत प्राप्त गरेकी थिइन्।

images

कूल ९७ मत खस्दा ९ मत बदर भएको थियो। सर्वसम्मति गराउने प्रयास गर्दा सफल नभएपछि नयाँ नेतृत्व चयन गर्नको आइतबारसम्म समय लम्बिएको थियो। अध्यक्षबाहेक अन्य पद भने सर्वसम्मत भएका छन्।

समितिको वरिष्ठ उपाध्यक्षमा कृष्णबहादुर गुरूङ, उपाध्यक्षमा किशोर गुरूङ, सचिवमा बुद्धिमान गुरूङ, सङ्गठन सचिवमा उमिता गुरूङ, प्रचार सचिवमा ज्ञानदेवी गुरूङ, कोषाध्यक्षमा घनसिंह गुरूङ र सहकोषाध्यक्षमा यमबहादुर गुरूङ सर्वसम्मत भएका हुन्।

आगामी तीन वर्षे कार्यकालको लागि २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो।

images
प्रकाशित मिति :कार्तिक १६, २०८२ आइतवार - २३:०२:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology