Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

एनआरएन यूकेकी पूर्व अध्यक्ष पुनम गुरुङलाई स्वागत 

एनआरएन यूकेकी पूर्व अध्यक्ष पुनम गुरुङलाई स्वागत 

इच्छाकामना न्युज

१३, मंसिर २०८२
एनआरएन यूकेकी पूर्व अध्यक्ष पुनम गुरुङलाई स्वागत 

पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालले एनआरएन यूकेकी पूर्व अध्यक्ष, तमु धिं यू के आमा समितिकी संस्थापक अध्यक्ष तथा प्रतिष्ठानकी अक्षयकोषदाता श्रीमती पुनम गुरुङलाई पोखरा, रानीपौवा स्थित कार्यालयमा स्वागत गरेको छ । उक्त अवसरमा उपाध्यक्ष भेष गुरुङले  व्यस्त समयका बाबजुद कार्यालयमा आइदिनु भएकोमा पुनम गुरुङप्रति धन्यवाद व्यक्त गर्दै उहाँका पिता तथा प्रतिष्ठानका आजीवन सदस्य कर्णेल मनिन्द्र गुरुङको हालै भएको दुखद निधनप्रति गहिरो शोक प्रकट गर्नुभयो। निवर्तमान अध्यक्ष चित्र गुरुङले पाहुनालाई प्रतिष्ठानका विभिन्न गतिविधिबारे संक्षिप्त जानकारी गराउनुभयो।

images

त्यसैगरी, संस्थाका सल्लाहकार संयोजक चिजकाजी गुरुङले प्रतिष्ठानको आर्थिक सबलीकरणमा विदेशस्थित तमु समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै, विशेषगरी तमु धिं यूकेको भूमिका सराहनीय रहेको बताउनु भयो।

e5ade35e-a3ac-4326-ae4e-c25e3b757647.jpeg

अक्षयकोषदाता पुनम गुरुङले आफू र आफ्नो परिवारको प्रतिष्ठानप्रति विशेष लगाव रहेको बताउँदै, हाल बैंक ब्याजदर घटिरहेको परिस्थितिमा प्रतिष्ठानले फण्ड–राइजिङसम्बन्धी नयाँ कार्यक्रम ल्याएमा आफ्नोतर्फबाट प्रत्यक्ष सहयोग  रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमकै क्रममा उहाँले विद्यार्थी समितिका अध्यक्ष सुदिप गुरुङसँग विशेष चासो राख्दै केही जिज्ञासा प्रस्तुत गर्नुभएको थियो। अध्यक्ष गुरुङको उत्तरबाट सन्तुष्ट हुँदै पुनम गुरुङले आफ्नो युवावस्थादेखिको सक्रियता र अनुभवहरू साझा गर्दै, प्रतिष्ठानले छात्रवृत्ति प्रदान गर्नुका साथै विद्यार्थीहरूलाई विभिन्न क्षेत्रमा अघि बढ्न प्रोत्साहन गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा तमु धि नेपालका केन्द्रीय अध्यक्ष हुम गुरुङ, सदस्य बिग्नेश थापा तथा तमु धिं कास्कीका सचिव विजय गुरुङको समेत उपस्थिति रहेको थियो। उपाध्यक्ष भेष गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सह–कोषाध्यक्ष  लक्ष्मी गुरुङले गर्नुभएको थियो।

images
प्रकाशित मिति :मंसिर १३, २०८२ शनिवार - ११:३०:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology