Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

गजेन्द्र इस्वो स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि म्याङलुङको सिवाईसीलाइ 

गजेन्द्र इस्वो स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि म्याङलुङको सिवाईसीलाइ 

विकाश गुरुङ

२५, फाल्गुण २०७७
गजेन्द्र इस्वो स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि म्याङलुङको सिवाईसीलाइ 
images

बिकास गुरुङ, तेह्रथुम, २५ फागुन । तेह्रथुमको आठराई २ स्थित खाम्लालुङमा सम्पन्न गजेन्द्र इस्वो स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि म्याङलुङको सिवाईसीले हात पारेको छ । खाम्लालुङ मैदानमा भएको फाइनल भिडन्तमा तेह्रथुमकै सेन्लप युवा क्लबलाई टाइब्रेकरमा पराजित गर्दै सिवाईसी च्याम्पियन बनेको हो ।

images
images

त्यसअघि निर्धारित समयको खेल दुवै तर्फबाट गोल हुन नसकेपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा भाग्यमानी बन्दा सिवाईसी ४–३ गोलअन्तरले विजयी हुँदै च्याम्पियन बनेको हो । सिवाईसीका लागि सुवास लिम्बू, विदुर लिम्बू, गजेन्द्र लिम्बू र ज्ञानेन्द्र भण्डारीले गोल गरेका थिए भने सेन्लपका लागि मनिष थापा, समिर राई र सनम लिम्बूको प्रहार मात्र गोलमा परिणत भएको थियो । विजेता बनेको सिवाईसीले उपाधि सहित नगद १ लाख २० हजार हात पार्यो भने उपविजेता सेन्लपले ८० हजारमा चित्त बुझायो ।

आठराई २ नम्बर वडा कार्यालय, खाम्लालुङ खेलकुद विकास समिति हङकङ र कालिका आविको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०७७ मंगलवार - १९:२०:१२ बजे

विकाश गुरुङ

पत्रकार गुरुङ तेह्रथुममा सञ्चालित रेडियो तीनजुरे १०३.८ मेगाहर्जमा समाचार प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology