Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चितवनको माडीमा आज एकैदिन दुई प्रहरी चौकीको उद्घाटन

चितवनको माडीमा आज एकैदिन दुई प्रहरी चौकीको उद्घाटन

इच्छाकामना न्युज

६, बैशाख २०७८
चितवनको माडीमा आज एकैदिन दुई प्रहरी चौकीको उद्घाटन

डोलराज रानाभाट, चितवन, ६ बैशाख । चितवनको माडी नगरपालिकामा आज एकै दिन दुई वटा प्रहरी चौकीको उद्घाटन गरिएको छ ।

images

बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको ३ करोड २५ लाख २३ हजार ८६९ लागतमा (प्रति भवन १ करोड ६२ लाख ६१ हजार ९३४)  दुई वटै सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भएपछि बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले आज उद्घाटन गर्नुभएको हो ।

IMG_8353.jpg

कार्यालय,ब्यारेक, भान्छाघर र शौचालय समेत रहने गरी भवन निर्माणको जिम्मा पाएको कम्पनी बिरुवा के एण्ड जेजे भी जुगल १ सिन्धुपाल्चोकले प्रहरी चौकी कल्याणपुर र प्रहरी चौकी सोमेश्वरको निर्माण सम्पन्न गरेको हो । प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयबाट बनाइएको डिजाइन अनुसार निर्माण सम्पन्न भवन साँढे दुई तल्ले रहेको छ ।

IMG_8329.jpg

नव निर्मित भवनको भुइ तल्लामा कार्यालय प्रयोजका लागि २ वटा कोठाहरु र शौचालय, २ वटा महिला तथा पुरुष हिरासत कक्ष, पहिलो तत्लामा एक वटा जुनियर प्रहरी अधिकृत आवास, पुरुष तथा महिला जनशक्तिका लागि दुई वटा ब्यारेक, सवैभन्दा माथिल्लो तल्लामा एट्याच शौचालय सहित कार्यालय प्रमुख निवास, संचार कक्ष, भान्छा कोठा र डाइनिङ हल सहितको सुविधा रहेको छ ।

निर्मिाण सम्पन्न दुई वटै भवन भुकम्प प्रतिरोधात्मक रहेको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले दुइ वटै प्रहरी चौकीको उद्घाटन गर्दै चालु आर्थिक वर्षमा बागमती प्रदेशभर ४६ वटा प्रहरी चौकीका भवन निर्माण गरिने बताउनुभयो ।

IMG_8284.jpg

योजना अनुसार माडीमा सम्पन्न दुई भवन सहित हालसम्म ३४ वटा निर्माण सम्पन्न भएको र वाँकी १२ वटा निर्माण कार्य जारी रहेको बताउनुभयो । एउटा भने प्राविधिक कारण निर्माण हुन नसकेको उहाँको भनाई छ।  थ्प २१ वटा प्रहरी कार्यालयका विभिन्न संरचना निर्माण गर्न मन्त्रालयले बजेट विनियोजन गरेको भन्दै मन्त्रालयलाई धन्यवाद दिनुभएको थियो ।

कोरोनाका कारण नयाँ भर्नामा ढिलाई हुँदा प्रहरीमा जनशक्ति कम भएको तर पछिल्लो भर्नाबाट छनौट भएकाहरु प्रशिक्षणमा रहेकाले उनीहरु आउनासाथ अपुग ठाउँमा जनशक्ति परिचालन गर्ने बताउनुभयो ।

समुदाय प्रहरी साझेदारी भएमात्रै गुनासो रहित समाज निर्माण गर्न सक्ने र अपराधि तथा गलत कार्य गर्नेहरु लुक्ने ठाउँ समाज भएकाले समाज सचेत भए सभ्य शान्ति समाज निर्माण हुने बताउनुभयो । साथै आफ्नो कार्यमा खटिने प्रहरीहरुलाई नियम कानुनमा रहेर जनउत्तरदायी काम गर्न निर्देशन दिनुभयो ।

IMG_8347.jpg

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले चितवनमा पाँच वटा भवन निर्माणको योजना रहेको र त्यसै मध्ये माडीमा सम्पन्न भएको जानकारी दिनुभयो ।

माडीमा प्रहरी चौकी निर्माणले राम सीताको मुर्ति संरक्षणसँगै माडीमा आउने पर्यटकहरुलाई सुरक्षित महसुस गराउन यसले सहयोग पुग्ने बताउनुभयो । साथै भवनका लागि आवश्यक फर्निचर, कम्पाउण्डीङ लगायतका कार्यमा स्थानीय तहले सहयोग गरिदिन उहाँको आग्रह थियो ।

कार्यक्रममा जनप्रतिनिधिहरु, माडी नगरपालिकाका प्रमुख प्रशासीयक अधिकृत पुष्पराज ढकाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालय हेटौडाका सुरक्षा शाखा प्रमुख ज्ञानदीप राई, बागमति प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला, लगायत स्थानीयको सहभागीता रहेको थियो । 

images
प्रकाशित मिति :बैशाख ६, २०७८ सोमवार - २१:३१:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology