Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

वडाध्यक्ष शरण श्रेष्ठको निरन्तरको पहलकदमीले दुई वर्ष अघि बन्द विद्यालयको फेरिएको रुप

वडाध्यक्ष शरण श्रेष्ठको निरन्तरको पहलकदमीले दुई वर्ष अघि बन्द विद्यालयको फेरिएको रुप

इच्छाकामना न्युज

३, कार्तिक २०७७
वडाध्यक्ष शरण श्रेष्ठको निरन्तरको पहलकदमीले दुई वर्ष अघि बन्द विद्यालयको फेरिएको रुप

गोरखा ३, असोज । गोरखाको शहिद लखन गाउँपालिका–७ स्थित मकैपुरमा रहेको मकैपुर आधारभूत बिधालयमा बिधार्थी संख्या नपुगेपछि २ बर्ष अघि बन्द भयो । घरको आँगन मै रहेको बिधालय बन्द भएपछि कखरा सिक्न त्यहाँका ४/५ बर्षका साना बालबालिका करिब आधा घण्टाको दुरीमा हिडेर बिधालय जानुपर्ने बाध्यता रह्यो ।

images

बिधालय बन्द हुदा बालबालिकाले दुःख मात्र पाएनन् अभिभावकलाई चिन्ता थपियो । सामान्य अबस्था भन्दा पनि बर्खा र चैत–बैशाखको समयमा चल्ने हावाहुरी पानी परेका बेला घरबाट साना छोरीलाई हिडेर तल खाब्दी भन्ज्याङसम्म पठाएपछि घर नफर्कदासम्म त्यहाँका अभिभावकले चिन्ता गर्नुपर्ने बाध्यता थियो । बन्द बिधालय खुल्ने नखुल्ने अन्यौलका बिच वडाध्यक्ष शरण श्रेष्ठको पहलमा चालु शैक्षिक सत्रदेखि त्यहाँ बिधार्थी संख्या पु¥याएर बिधालय सञ्चालनमा आएसगै बिधालयलाई बालमैत्री कक्षा सञ्चालनका लागि पहल सुरु भएको छ ।

गुणस्तरीय शिक्षा दिने प्रतिबद्धताका साथ पुनः सञ्चालन आएपछि बिधालयमा अहिलेसम्ममा २७ जना बालबालिका भर्ना भईसकेको छन् । भर्ना भएका बिधार्थीहरुका लागि आबश्यक पर्ने पोशाक, शैक्षिक सामग्री पनि वडाध्यक्ष श्रेष्ठ आफैले सहयोगी हातहरुको साथ लिएर निशुल्क उपलब्ध गराउनुभयो ।‘बिधाथीलाई आर्कषण गर्नका लागि इसिडी कक्षा थप व्यवस्थित बनाउन आबश्यक छ, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, त्यसका लागि विद्यालयका लागि चाहिने कम्प्यूटर, फोटोकपी मेसिन स्पिकर, लगायतका सामाग्री पनि बिधालयलाई प्राप्त भईसकेको छ ।’

त्यस्तै बिधालयमा बालकक्षा र इसिडी कक्षामा बालिकाहरुलाई आबश्यक पर्ने टिभी गाउँपालिकाको वडा नम्बर ८ का वडाध्यक्ष काशीनाथ अम्गाईको समन्वयमा बिधालयलाई उपलब्ध गराइएको छ भने बालबालिका अध्ययन गर्ने इसिडी कक्षामा रङग लगाउने, कार्पेटिङ गर्ने लगाएका कार्यका लागि आबश्यक सामग्रीको ब्यवस्थापनमा बिधालयलाई हस्तान्तरण गरिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

अम्गाईकै पहलमा बिधालयलाई आबश्यक पर्ने ३० थान प्लास्टिक कुर्सी समेत  प्राप्त भएको उहाँले जानकारी दिनुभयो । बिधालय सञ्चालनका लागि वडाअध्यक्ष श्रेष्ठको पहलमा समाजसेवी गन्जबहादुर गुरुङ र भिमबहादुर गुरुङको विषेश पहलमा फत्तबहादुर गुरुङ, तोलक बहादुर गुरुङ, कुमार गुरुङ, प्रेम गुरुङ, काजि गुरुङ, अनिता गुरुङबाट २०/२० हजार र बलहादुर गुरुङबाट नगद १० हजार गरी एक लाख ७० हजार सहयोग प्राप्त भएको बिधालयले जनाएको छ ।

त्यस्तै शहिदलखन गाउँपालिका वडा नम्बर ७ वडा अध्क्षय समन्नय एवम स्थायी घर भई हाल दक्षिण कोरियामा कार्यरत मालती गुरुङको बिशेष पहलमा मालती गुरुङ, मिलन गुरुङ, प्रितम गुरुङ र रबिना गुरुङ ज्यूबाट १०/१० हजार रुपैयाँ, राजु गुरुङ, राम खनाल, सुमन थापा, अनिल थापा, रोसन श्रेष्ठ बाट पाँच/पाँच हजार, जितबहादुर गुरुङबाट ७ हजार र सबिता थापाबाट तीन हजार गरी ७५ हजार रुपैयाँ प्राप्त भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

यस अघि नै बिधालयमा भर्ना भएका बालबालिकाहरुलाई वडाध्यक्ष सहयोगी हातहरु मार्फत शैक्षिक सामग्री, सवैका लागि बिधालय पोशाक लगायत कोरोना संक्रमणको जोखिम न्युनिकरणका लागि स्वास्थ्य सामाग्री समेत बिधालयलाई उपलब्ध गराइ सकिएको बिधालयले जनाएकाो छ । बन्द भएको बिधालय सञ्चालन तथा व्यवस्थापनका लागि वडा कार्यालय रु ५ लाख रकम पनि बिनियोजन गरेको थियो ।

images
प्रकाशित मिति :कार्तिक ३, २०७७ सोमवार - १८:२४:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology