Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

गण्डकी प्रदेशसभाको बैठक आज बस्दै 

गण्डकी प्रदेशसभाको बैठक आज बस्दै 

सिआईएन

१५, बैशाख २०७८
गण्डकी प्रदेशसभाको बैठक आज बस्दै 
images

पोखरा, १५ बैशाख । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि अविश्वासको प्रस्ताव दर्तासँगै सुरु भएको विशेष अधिवेशनमा कोरोना परीक्षण बिना बैठक चल्न नदिने भन्दै सत्तारुढ दल नेकपा एमालेले हिजोको संसद बैठक अवरुद्ध गरेको थियो ।

images
images

त्यसपछि कार्य व्यवस्था परामर्श समितिमा छलफल गरी कोरोना परीक्षणको रिपोर्ट आएपछि आज दिउँसो १ बजे बैठकबस्नेसहमति भएको छ । सोही अनुसार बैठक बस्ने तयारी भएको हो ।

विपक्षी दलहरुले भने सरकार ढल्ने निश्चित भएपछि सरकारले सीमित समयका लागि सरकारको आयु लब्याउने खेल खेलेको आरोप लगाएका छन् । सीआईएनसँग कुरा गर्दै माओवादी केन्द्रका सांसद दीपक थापाले नियतबस यसो गरिएको बताउनुभयो ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा छलफल चलिररहेको छ । मुख्यमन्त्री गुरुङको पक्षमा एमालेका २७ जना सांसद छन् ।

अविश्वासको प्रस्ताव दर्ता गराएका काँग्रेसका १५ र माओवादी केन्द्रका १२ सांसदमध्ये एक जना सभामुख भएकाले ११ जनाले मत हाल्ने छन् । जनता समाजवादीका २ र जनमोर्चाका ३ सांसदले पनि अविश्वासको प्रस्तावमा मतदान गर्ने बताइरहेका छन् ।

images
प्रकाशित मिति :बैशाख १५, २०७८ बुधवार - ०९:२७:४७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology