कुरिनटार, ४ कार्तिक । चितवनको इच्छाकामना गाउँपालिकाका थप ४ जनामा कोरोना पोजेटिभ देखिएको छ। भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा गाउँपालिकाका थप ४ जनामा कोरोना पोजेटिभ देखिएको हो।
कोरोना रिपोर्ट पोजेटिभ देखिनेमा इच्छाकामनाका ४ जना महिला रहेका छन््। उनीहरु इच्छाकामना गाउँपालिकाका वडा नं. ४ का २९, ३०, ३३ र ३८ वर्षका महिलाहरु रहेको प्रयोगशालाले जानकारी दिएको छ।
यस्तै भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा कार्तिक ३ गते सोमबार परिक्षण गरिएको ३१५ नमुना मध्य ३४ नमुनाको रिपोर्ट पोजिटिभ आएको छ भने बाकी २८१ नमुनाको नतिजा नेगेटिभ आएको अस्पतालले जानकारी गराएको छ।
जसमा भरतपुर महानगरपालिकाका १७ जना, राप्तीका १, खैरहनीका २, रत्ननगरका ३, माडिका १ र इच्छाकामनाका ४ जना रहेका छन्। बाँकि संक्रमित मकवानपर २, नवलपरासी १ र रुपन्देहीका ३ रहेका छन्।