Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

तनहुँको बन्दिपुर गाउँपालिकाले भोली देखि संचालन गर्ने भनेको वार्षिक परीक्षा स्थगित

तनहुँको बन्दिपुर गाउँपालिकाले भोली देखि संचालन गर्ने भनेको वार्षिक परीक्षा स्थगित

इच्छाकामना न्युज

१८, बैशाख २०७८
तनहुँको बन्दिपुर गाउँपालिकाले भोली देखि संचालन गर्ने भनेको वार्षिक परीक्षा स्थगित
images

बन्दिपुर, १८ बैशाख । कोरोना कहरका बीचमा भोली देखि सञ्चालन हुन लागेको वार्षिक परीक्षा तनहुँको बन्दीपुर गाउँपालिकाले स्थगित गरेको छ ।

images
images

नयाँ भेरियन्ट सहितको कोभिड १९ को सङ्क्रमण बढ्दै गइरहेको सन्दर्भमा सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाले वैशाख १९ गतेदेखि सञ्चालन हुन लागेको परीक्षा स्थगित गरेको हो ।

177630245_744271106234566_9176515949465113457_n.jpg

शनिबार बसेको बैठकले अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिनुभयो ।

विद्यालयमा भौतिक उपस्थितिमा सञ्चालन हुने कक्षा बन्द गरी भर्चुअल र अन्य माध्यमबाट पठनपाठन गर्न तथा यस अवधिमा शिक्षकहरु विद्यालयमा नियमित उपस्थित भई प्रशासनिक कार्यहरु सुचारु गर्न, शैक्षिक सामग्री निर्माण, सूचना प्रविधिको अभ्यासको कार्यमा सहभागी हुन गाउँपालिकाले आग्रह गरेको छ ।

images
प्रकाशित मिति :बैशाख १८, २०७८ शनिवार - १९:४१:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology