देवचन्द्र भट्ट, नुवाकोट, १९ बैशाख । रसुवामा सम्बन्धविच्छेदका घटना बढ्न थालेको छ । चालु आर्थिक वर्षमा दायर भएका ४१ मुद्दामा ३६ वटा मुद्दा श्रीमान श्रीमतिबीच सम्बन्धविच्छेद सम्बन्धी रहेको रसुवा जिल्ला अदालतले जनाएको छ ।
गत वर्षबाट जिम्मेवारी सरी आएका ३० थान तथा चालु आर्थिक वर्षमा आएका ४१ थानसमेत गरी ७१ थान मुद्दा विचाराधिन रहेका थिए । विचाराधिन फौजदारीमा ३२ एवं देवानी ३९ वटा मुद्दामध्ये केही फैसला भइसकेका र केही प्रक्रियागतरूपमा रहेको अदालतका स्रेस्तेदार मुना अधिकारी ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार अदालतको कार्य छिटोछरितो सम्पादन गर्न वैतनिक अधिवक्ता, बालमनोविज्ञ, मेलमिलापकर्ताको व्यवस्थापन एवं बाल इजलाससमेत स्थापना गरिएको छ ।