Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

गोरखामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय कट्यो

गोरखामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय कट्यो

इच्छाकामना न्युज

१९, बैशाख २०७८
गोरखामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय कट्यो
images

गोरखा, १९ बैशाख । गोरखा जिल्लामा पनि दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। पछिल्लो अपडेटका अनुसार सक्रिय संक्रमितको संख्या १ सय कटेको छ । जिल्लामा हाल सक्रिय संक्रमितको संख्या १ सय ६ रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ।

images
images

जिल्लाभित्रै स्वाब संकलन गराएकामध्ये ९६ जना र जिल्ला बाहिर भएको परिक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताउनुभयो।

जिल्लाभित्रै कोरोना परिक्षण गरिएकामध्ये गोरखा नगरपालिकाका १० महिला र १७ पुरुष, पालुङटार नगरपालिकाका ५ महिला र २ पुरुष, भिमसेन थापा गाऊँपालिकाका ३४ महिला र २६ पुरुष, गण्डकीका १ महिला र आरुघाट गाऊँपालिकाका १ पुरुषमा संक्रमण पुष्टि भएको छ।

यस्तै जिल्ला बाहिर भएको परिक्षणमा गोरखा नगरपालिकाका ६ पुरुष र १ महिला, पालुङटार नगरपालिकाका ३ पुरुष र २ महिला, भिमसेन थापा गाऊँपालिकाका ४ पुरुष र १ महिला, गण्डकीका ३ पुरुष, अजिरकोट र सिरानचोकका १र१ जना पुरुष र आरुघाटकी १ महिलामा संक्रमण पुष्टि भएको छ ।

बाहिर संक्रमण पुष्टि भएर जिल्लास्थित होम आइसोलेशनमा बसेकामध्ये ४ जनाको मृत्यु भएको छ । गोरखा नगरपालिकाका एक पुरुष, पालुङटार नगरपालिकाकी एक महिला र भिमसेन थापा गाऊँपालिकाका एक पुरुषको मृत्यु भएको हो भने गोरखा नगरपालिकाका एक पुरुषले होम आइसोलेशनमै आत्महत्या गरेका छन् ।

जिल्लामा कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएकामध्ये ८३ जनाको रिपोर्ट प्राप्त हुन बाँकी रहेको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन अर्यालले जानकारी दिनुभयो ।

च्वाईस एफएमबाट

images
प्रकाशित मिति :बैशाख १९, २०७८ आइतवार - १०:०५:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology