Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

तनहुँमा तीन दिन भित्र निषेधाज्ञा जारी गर्न स्थानीय तहहरुको अनुरोध

तनहुँमा तीन दिन भित्र निषेधाज्ञा जारी गर्न स्थानीय तहहरुको अनुरोध

इच्छाकामना न्युज

२०, बैशाख २०७८
तनहुँमा तीन दिन भित्र निषेधाज्ञा जारी गर्न स्थानीय तहहरुको अनुरोध
images

तनहु, २० बैशाख । कोभिड जोखिम बढेको निष्कर्ष निकाल्दै तनहुँका स्थानीय तहहरुले तीन दिनभित्र निषेधाज्ञा जारी गर्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गर्दै अनुरोध गरेका छन् ।

images
images

जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाग्लेको अध्यक्षतामा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले जिल्ला भित्र १५ भन्दा बढी व्यक्ति भेला हुने गरी धार्मिक तथा सार्वजनिक कार्यक्रम नगर्ने समेत निर्णय गरेको समितिका प्रवक्ता गल गुरुङले जानकारी दिए ।

बैठकले जिल्लाका सबै पालिकाहरुले अक्सिजन लगायतका अत्यावश्यक स्वास्थ सामाग्रीहरु औषधि लगायत अन्य सामानहरु खरिद गरि भण्डारन गरि मौज्दात राख्ने निर्णय पनि गरेको छ ।

यस्तै, विकास निर्माणमा जिल्लाका सबै पालिकाहरुले बाहिरीबाट आउने जनशक्ति रोक्ने, नल्याउने साथै स्थानीय जनशक्ति मार्फत विकास निर्माणका कामहरू सुचारु गर्ने पनि बैठकले निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।

यसैगरी, जिल्लाका सबै शिक्षण संस्थाहरुको पठनपाठन र परिक्षा पुर्ण रूपमा स्थगित गर्ने निर्णय पनि गरेको छ ।

images
प्रकाशित मिति :बैशाख २०, २०७८ सोमवार - १८:५७:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology