गोरखा, २० बैशाख । गोरखा जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी एवं डिसिसिएमसिका अध्यक्षका अध्यक्षतामा जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापनको बैठक बसी मिति २०७८/०१/२१ गते राती १२ बजे देखि २०७८/०१/३१ गते राती १२ बजेसम्मका लागी निषेधाज्ञा गराउने निणर्य गरेको छ ।
साथै निषेधाज्ञा जारी भएको अवधिमा कोरोना संक्रमित विरामीको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ तिब्रता दिन पनि सम्बन्धित स्थानिय तह र स्वास्थ्य कार्यालयलाई अनुरोध पनि गरेको जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख रहेको छ ।
