Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

सर्लाहीको लालबन्दी नगरपालिकाको सबै सेवा आजबाट बन्द, साप्ताहिक लाग्ने हाट बजार समेत बन्द

सर्लाहीको लालबन्दी नगरपालिकाको सबै सेवा आजबाट बन्द, साप्ताहिक लाग्ने हाट बजार समेत बन्द

रमेश अधिकारी( रितिक)

२१, बैशाख २०७८
सर्लाहीको लालबन्दी नगरपालिकाको सबै सेवा आजबाट बन्द, साप्ताहिक लाग्ने हाट बजार समेत बन्द
images

सर्लाही, २१ बैशाख । सर्लाहीको लालबन्दी नगरपालिकाले नगरका सबै गतिविधिहरु २४ गते सम्म बन्द गर्ने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) संक्रमणलाई मध्य नजर गर्दै नगरपालिकाका सबै शाखा कार्यालयहरु तथा सबै वडा कार्यलयबाट प्रवाह हुने सबै प्रकारका सेवाहरु २४ गते सम्म बन्द गर्ने निर्णय गरेको हो ।

images
images

नगरपालिका नगर कार्यपालिकाको सोमबार बसेको बैठकले कोरोना भाईरस (कोभिड १९) संक्रमणलाई मध्य नजर गर्दै नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्न गराउन भन्दै नगरपालिकाका सबै शाखाहरु र सबै वडा कार्यलयबाट प्रवाह हुने सबै प्रकारका सेवाहरु २४ गते सम्म बन्द गर्ने निर्णय गरेको नगर प्रमुख मान बहादुर खडकाले बताउनु भयो । 

नगरपालिकाको लालबन्दी बजारमा लाग्दै आएको सोमबार र बिहिबार तथा नवलपुर बजारमा लाग्दै आएको मंगलबार र शुक्रबारको हाट पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता राजन कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

नगरपालिका क्षेत्रमा पनि कोरोना भाईरस संक्रमण देखा परेको र थप संक्रमण देखिन सक्ने सम्भावनालाई मध्य नजर गर्दै संक्रमणको पहिचान, रोकथाम र नियन्त्रणका लागि भन्दै नगरपालिकाले  सुचना जारी गर्दै नगर तथा वडाका गतिविधि २४ गते सम्म र हाटबजार २७ गते सम्म बन्द गर्ने निर्णय गरेको नगर उप प्रमुख शान्ती लामाले बताउनु भयो ।

सर्लाहीमा रहेका २० वटा स्थानिय निकाय मध्य लालबन्दी नगरपालिका कोरोना भाईरस संक्रमणबाट तुलनात्मक हिसावले सुरक्षित रहेको नगरपालिकाले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख २१, २०७८ मंगलवार - ०९:४६:५१ बजे

रमेश अधिकारी( रितिक)

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology