Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

आज मध्यराती देखि लागु हुने गरि गोरखा जिल्लाभर बैशाख मसान्तसम्म निषेधाज्ञा जारी

आज मध्यराती देखि लागु हुने गरि गोरखा जिल्लाभर बैशाख मसान्तसम्म निषेधाज्ञा जारी

इच्छाकामना न्युज

२२, बैशाख २०७८
आज मध्यराती देखि लागु हुने गरि गोरखा जिल्लाभर बैशाख मसान्तसम्म निषेधाज्ञा जारी
images

गोरखा २२, बैशाख । गोरखा जिल्ला भित्र कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि आजराती १२ बजेदेखि बैशाख ३१ गतेसम्मका निषेधाज्ञा घोषणा गरिएको छ ।

images
images

कोरोना रोकथाम ,नियन्त्रण तथा व्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला भित्र निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । निषेधाज्ञा अबधीभर जिल्ला भित्र अत्याबश्यक बाहेकका सवै सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको उहाँले बताउनुभयो ।

त्यस्तै सवै सरकारी कार्यालय, बैंक तथा बित्तिय संस्थाहरु समेतमा अत्याबश्यक बाहेका सेवा बन्द गर्ने निर्णय बैठकले गरेको उहाँको भनाई छ ।

जिल्ला भित्रका खाद्यान्य, औषधी पसल तथा पेट्रोलिय पर्दाथ बाहेकका सवै पसलहरु पूर्ण समेत बन्द गरिनेछ, प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो, सभ्भावित संक्रमणको जोखिम न्युनीकरणका लागि निषेधाज्ञाको निर्णय गरिएको हो ।’ निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनका लागि सदरमुकाम लगायत प्रभावित क्षेत्रहरुमा पर्याप्त सुरक्षा प्रहरीको परिचालन गरिने उहाँले बताउनुभयो ।

निषेधाज्ञाको अबधीमा विवाह ब्रतबन्ध, अन्य संस्कार जन्य कार्य पार्टी प्यालेस तथा होटलमा सञ्चालन गर्न नपाइने, त्यस्ता कार्य घरमै गरेमा १५ जना भन्दा बढी सहभागी हुन नपाइने निर्णय पनि बैठकले गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

बैठकले दैनिक उपभोग्य बस्तु खाद्यान्य, तरकारी, फलफुल, कृषिजन्य विउ बिजनका तथा मलका पसल, पशुपन्छीको दाना बिक्रि गर्ने पसलहरु बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चाल गर्न दिने निर्णय गरेको छ ।

त्यस्तै बैंक तथा बित्तिय संस्थाहरुले न्युनतम कर्मचारीको उपस्थितीमा मात्र सेवा प्रवाह गर्न पाउने, कर्भड हल, खेलकुद, सिनेमा हल, होटल शैलुन, व्युटी पार्लर, जिमखाना लगायतका पसल तथा व्यवसाय पूर्ण रुपमा बन्द गर्ने निर्णय बैठकले गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

बैठकले निषेधाज्ञाको अबधीमा दिर्घरोगीहरुका लागि आवश्यक पर्ने औषधीहरुको व्यवस्थापनका लागि दिर्घरोगीको बिबरण संकलन गरि आबश्यकता अनुसार स्वास्थ्यकर्मी परिचालन गरि औषधी बिक्रेतासम्म पु¥याउने व्यवस्था सम्बन्धित स्थानीय तहले नै मिलाउनुपर्ने, गाउँगाउँमा स्थानीय तह, राजनीतिक दलहरुले आफ्नो संरचनाको प्रयोग गरि समुदाय स्तरमा कोरोना बिरुद्धको जनचेतना फैलाउने अनुरोध गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

निषेधाज्ञाको उल्लंघन गरेमा संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिक कारवाही गरिने प्रशासनले जनाएको छ

images
प्रकाशित मिति :बैशाख २२, २०७८ बुधवार - २१:०७:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology