Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

गोरखामा १४ वर्षिया बालिकालाई बलात्कार गरि गर्भवती बनाएर फरार भएका एक पुरुष पक्राउ

गोरखामा १४ वर्षिया बालिकालाई बलात्कार गरि गर्भवती बनाएर फरार भएका एक पुरुष पक्राउ

इच्छाकामना न्युज

२३, बैशाख २०७८
गोरखामा १४ वर्षिया बालिकालाई बलात्कार गरि गर्भवती बनाएर फरार भएका एक पुरुष पक्राउ
images

गोरखा, २३ बैशाख  । जंगलमा निउरो टिप्न गएकी एक बालिकालाई बलात्कार गरि फरार भएका गोरखा नगरपालिका–८ गैरी चौताराका ६५ बर्षका तुलबहादुर थापालाई प्रहरीले आज पक्राउ गरेको छ । १४ बर्षिया बालिकालाई बलात्कार गरि भागेका थापालाई दिउँसो लुकीछिपी गोरखा प्रवेश गर्दै गर्दा गोरखा नगरपालिका–१३ स्थित मझुवा देउराली क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।

images
images

‘घटनालाई उच्च प्राथामिकतामा राखेर निजको खोजी भईरहेको थियो, डिएपी दाहालले भन्नुभयो,‘ भारतमा पनि महामारी र लकडाउनका कारण निज नेपाल फर्किन सक्ने व्यहोराको गोप्य सूचना प्राप्त भएपछि जिल्ला प्रवेश गर्ने सिमा–नाकाहरुमा निजलाई पक्राउ गर्न सुरक्षाकर्मीहरु खटाईएको थियो ।’ मझुवा देउराली स्थित पुलमा शंकास्पद अबस्था हिडिरहेका बेला थापालाई प्रहरीले पक्राउ गरेको उहाँले बताउनुभयो ।

गएको २०७७ बैशाख ११ गते जंगलमा निउरो (तरकारी) खोज्न गएकी बालिकालाई ललाई फकाई नजिकैको गोठमा लगेर बलात्कार गरेको घटना सार्वजनिक भएपछि उनि फरार हुदै आएका थिए । बलात्कारमा परेकी बालिका अस्वभाविक मोटाउदै गएपछि परिवारले शंका लागेर सोधपुछ गरि स्वास्थ्य परीक्षण गराउदा बालिका गर्भवती भएको खुलेपछि करिब ७ महिना घटना सार्वजानिक भएको थियो ।

छोरी बलात्कारमा परेको थाहा पाएलगत्तै पिडितका बुबाले दोषीलाई कारवाहीको माग गर्दै प्रहरीमा जोहरी दिएपछि थापा जिल्ला छोडेर फरार भएका थिए । अनुसन्धानका क्रममा बालिकाको पेटमा ३० हप्ताको गर्भ रहेको पुष्टी भएपछि गर्भपतन समेत गराउन नमिल्ने भएकाले थ्रि एन्जल्स नेपाल पोखराको सहयोगमा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गएको माघ १० गते बालिकाले छोरालाई जन्म दिएकी छिन् ।

पक्राउ परेका थापालाई कोरोना परीक्षणका लागि आजै स्वांब संकलन गरि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै जिल्ला अदालतमा उपस्थित गराइएको डिएसपी दाहालले जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका थापा भागेर भारतको गया स्थित १ नम्बर घुम्ती भन्ने स्थानमा लुकीछिपी गाई फार्ममा गार्डको रुपमा काम गर्दै बसेको खुल्न आएको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय भारतमा समेत कोरोना संक्रमण भयावह बनेपछि उनि त्यहाँ बस्न जोखिम भएकाले गोप्य रुपमा घर फर्कदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख २३, २०७८ बिहिवार - २०:११:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology