ताक्लुङ, ६ कार्तिक । ताक्लुङ हेल्पिङ हेन्डस र ताक्लुङ राईजिङ इन्भेस्टमेन्ट लिमिटेडद्वारा अतिविपन्न एकल महिलाहरुलाई खाद्यान्न सहयोग गरेका छन्। दशैँ कोसेली अन्तरगत गोरखाको साविकको ताक्लुङ (गाविस) हाल सहिद गाउँपालिका वडा नम्बर ४ र ५ का १२७ घरधुरीलाई चामल, दाल, नुन र तेल वितरण गरिएको हो।
उक्त खाद्यान्न ताक्लुङ हेल्पिङ हेन्ड्सका अध्यक्ष कमल बाबु परियार लगायतको उपस्थितिमा वितरण गरिएको महासचिव लक्ष्मण काप्रीले जानकारी दिनुभयो।
महासचिव काप्रीले यस अभियनलाई सफल पार्न सहयोग गर्ने सम्पूर्णगर्नुहुने दशेविदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई धन्यावाद दिनुभयो। स्थापनाकालदेखि नै समाजिक कार्य गर्दै आएको ताक्लुङ हेल्पिङ हेन्ड्सले यस अभियानलाई निरन्तरता दिइने उहाँले बताउनुभयो।