Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

गोरखाको बारपाकमा स्थिति भयावह बन्दै, भोली चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली जाने

गोरखाको बारपाकमा स्थिति भयावह बन्दै, भोली चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली जाने

इच्छाकामना न्युज

१३, जेठ २०७८
गोरखाको बारपाकमा स्थिति भयावह बन्दै, भोली चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली जाने
images

गोरखा १३, जेठ ।  गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर १ र २ बारपाकमा कोरोना संक्रमणसंग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या बढदै थालेपछि भोली स्वास्थ्यकर्मी सहितको टोली त्यस क्षेत्रमा पठाइने भएको छ ।

images
images

आज बसेको जिल्ला स्तरीय कोभिड १० संकट व्यवस्थापन केन्द्रको बैठकले गोरखा अस्पतालका डा. सन्दिप श्रेष्ठको संयोजकत्वमा चिकित्सको टोली बारपाक पठाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

बारपाकमा कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएका केही व्यक्तिको मृत्यु समेत भइसकेको भन्दै केन्द्रको बैठकले तत्काल चिकित्सक सहितको टोली पठाउन लागिएको हो । टोलीमा स्वास्थ्य कार्यालय गोरखाका ल्याव टेक्निसियन नारायणबाबु अर्याल, गोरखा अस्पतालका ल्याव टेक्निसियन चिजकुमार श्रेष्ठ र सहयोगीका रुपमा राजु रोक्कालाई पठाउने निर्णय भएको उहाँको भनाई छ ।

त्यस्तै गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालय, गण्डकी प्रदेश पोखराबाट ३ जना चिकित्सक, र ३ जना ल्याव टेक्निसियनमा टोलीमा सहभागी हुने प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो । कोभिड परीक्षणका क्रममा खटिने स्वास्थ्यकर्मीहरुको टोलीको सुरक्षाका लागि प्रहरी निरीक्षकको कमाण्ड सुरक्षाकर्मी परिचालन गर्ने निर्णय समेत डिसिसिएमसीको बैठकले गरेको उहाँले बताउनुभयो ।

डिसिएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी पौडेलको अध्यक्षतामा बसेको बैठकमा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्ट, स्वास्थ्य कार्यालय गोरखाका निमित्त प्रमुख नरजंग ठकुरी लगायतको पनि सहभागिता रहेको थियो

images
प्रकाशित मिति :जेठ १३, २०७८ बिहिवार - १९:५७:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology