चितवन, १५ जेठ । आज परेको गणतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवनले दिप प्रज्वलन गरेको छ। समाजले चितवन भरतपुर स्थित माछापुच्छ्रे चोकमा गणतन्त्र दिवसको अवसरमा दिप प्रज्वलन गरेको हो।
समाजले दिवसकै अवसरमा आज बिहान देवघाटमा रहेको रोटरी करुणालय वृद्वाश्रम देवघाटलाई स्वास्थ्य तथा खाद्यान्न सामाग्री समेत सहयोग गरेको समाजका सभापति शम्भु राउतले जानकारी दिनुभयो।