Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

प्रतिबन्धित औषधी विक्री गरेको आरोपमा चितवनमा मेडिकल संचालक सहित २ जना पक्राउ

प्रतिबन्धित औषधी विक्री गरेको आरोपमा चितवनमा मेडिकल संचालक सहित २ जना पक्राउ

इच्छाकामना न्युज

१८, जेठ २०७८
प्रतिबन्धित औषधी विक्री गरेको आरोपमा चितवनमा मेडिकल संचालक सहित २ जना पक्राउ

चितवन, १८ जेठ । प्रतिबन्धित औषधी बिक्री गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले मेडिकल संचालक सहित २ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई प्रहरीले बुधबार भरतपुर महानगरपालिका २ पोखरा बसपार्कबाट सोमबार पक्राउ गरेको हो। 

images

पक्राउ पर्नेमा साविक देवघाट गाविस ९ घर भै हाल भरतपुर महानगरपालिका ९ बस्ने २९ वर्षका अभिषेक थापा र भरतपुर महानगरपालिका २ बस्ने १८ वर्षीय आशिष तिवारी रहेको प्रहरीले जानकारी दिएको छ। 

पक्राउ परेका थापाले भरतपुर महानगरपालिका २ पोखरा बसपार्कमा सत्य भगवती मेडिकल हल संचालन गरेका थिए। उनले सोही मेडिहल हलबाट प्रतित्रन्धित औषधी बिक्री गरिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो।

पक्राउ परेकाहरुबाट प्रहरीले ट्रामा ६८० ट्याब, अनारगन १०१० ट्याब, टरफिन ८१ ट्याब गरी १,७७१ ट्याब बरामद गरेको छ। उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभाग शाखा बिरगंजमा बुझाएको प्रहरीले जानकारी दिएको छ। 

images
प्रकाशित मिति :जेठ १८, २०७८ मंगलवार - २२:२८:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology