Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

चोरी स्कुटरको प्रयोग गरी लुटपाट गरेको आरोपमा धादिङ गजुरीका करुण उप्रेती सहित ४ जना पक्राउ

चोरी स्कुटरको प्रयोग गरी लुटपाट गरेको आरोपमा धादिङ गजुरीका करुण उप्रेती सहित ४ जना पक्राउ

इच्छाकामना न्युज

१९, जेठ २०७८
चोरी स्कुटरको प्रयोग गरी लुटपाट गरेको आरोपमा धादिङ गजुरीका करुण उप्रेती सहित ४ जना पक्राउ
images

धादिङ, १९ जेठ । चोरीको स्कुटर प्रयोग गरी मोबाइल लुटपाट गरेको आरोपमा धादिङ गजुरीका करुण उप्रेती सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

images
images

बा ८३ प ३४३६ नम्बरको चोरीको स्कुटर प्रयोग गरेर मोबाइल लुटपाट गरी फरार रहेका चारजनालाई बुढानीलकण्ठ नगरपालिका–९ नीलो पुलबाटसोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका घर भई काठमाडौंको बुढानीलकण्ठ–१० बस्ने २१ वर्षीय करुण उप्रेती, ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१० घर भई काठमाडौंको बौद्ध बस्ने २४ वर्षीय शोभित श्रेष्ठ, बुढानीलकण्ठ–१२ बस्ने १९ वर्षीय एलिन अधिकारी र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुंगा बस्ने ३५ वर्षीय राम परियार रहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ १९, २०७८ बुधवार - २२:०३:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology