Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

विश्व वातावरण दिवसको दिन शान्ति समाज चितवनद्वारा वृक्षारोपण

विश्व वातावरण दिवसको दिन शान्ति समाज चितवनद्वारा वृक्षारोपण

इच्छाकामना न्युज

२२, जेठ २०७८
विश्व वातावरण दिवसको दिन शान्ति समाज चितवनद्वारा वृक्षारोपण

चितवन, २२ जेठ । आज जुन ५ विश्व वातावरण दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवनले वृक्षारोपण गरेको छ। प्रकृतिको संरक्षण गरौं, रुख रोपौं भन्ने नारा सहित वातावरण दिवसको दिन शान्ति समाजले वृक्षारोपण गरेको हो।

images

195663323_5733685073369282_8955471217814834904_n.jpg

समाजले नव जागृत सामुदायिक वन उपभोक्ता समूहको वनमा वृक्षारोपण गरेको मानव अधिकार तथा शान्ति समाज चितवनका सभापति शम्भु राउतले जानकारी दिए। वृक्षारोपणका लागि अधिकारकर्मीहरु पुर्णचन्द्र चापागाई, रबिन खतिवडा, रितु न्यौपाने, सुप्रिया सापकोटा लगायतकाको उपस्थिति रहेको थियो। 

सन् १९७२ मा संयुक्त राष्ट्रसंघद्वारा आयोजित सम्मेलनबाट घोषणा गरी प्रत्येक वर्ष ५ जुनका दिन वातावरण संरक्षण तथा सचेतनामा जोड दिँदै विश्व वातावरण दिवस मनाइन्छ ।

images
प्रकाशित मिति :जेठ २२, २०७८ शनिवार - १४:३१:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology