रामचन्द्र थापा, धादिङ, २६ जेठ । जिल्लामा रहेको त्रिशुली र बुढीगण्डकी नदिले बगाउदा एकैदिन धादिङका ६ जना बेपत्ता भएका छन्। त्रिशुली नदी गजुरी खण्डमा ३ जना र बुढीगण्डकी जलामुखी खण्डमा ३ जना गरी ६ जना मंगलबार एकैदिन वेपत्ता भएका हुन्।
त्रिशुली नदी गजुरी खण्डमा ब्यारेक पछाडी सवा ४ बजे माछामार्न गएका ३ जना र बुढी गण्डकी ज्वालामुखी खण्ड जोगिटार पशुपति थानमा नुहाउन गएका ३ जना पौने ४ बजे वेपत्ता भएका हुन्।
सिद्धलेक ६ बस्ने २८ वर्षिय राम ब बिसंखे लगायत ३ जना त्रिशुली नदीमा जाल हान्ने क्रममा बेपत्ता भएको र नेपाली सेना, प्रहरीले रातीसम्म खोजतलास गरेका थिए तर फेला नपरेको प्रहरीले जनाएको छ।
यस्तै बुढी गण्डकीमा वेपत्ता भएका ज्वालामुखि २ का २२ वर्षिय सुबास नेपाली २० वर्षिय दिनेश नेपाली र १८ वर्षिय सन्तोष नेपाली पनि फेला परेका छैनन् ।
यी सबैको मंगलबार अवेरसम्म खोजी कार्य हुँदा समेत फेला नपरेपछि पुनः आज बिहानैबाट स्थानीयहरुको समेत सक्रियतामा खोजविन सुरुभएको प्रहरीले जनाएको छ ।