Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

गोरखा पालुङटार नगरपालिकामा प्रक्रिया मिचेर स्वास्थ्यकर्मीले आफन्त र घरबेटीलाई लगाईदिए कोरोना खोप 

गोरखा पालुङटार नगरपालिकामा प्रक्रिया मिचेर स्वास्थ्यकर्मीले आफन्त र घरबेटीलाई लगाईदिए कोरोना खोप 

इच्छाकामना न्युज

२७, जेठ २०७८
गोरखा पालुङटार नगरपालिकामा प्रक्रिया मिचेर स्वास्थ्यकर्मीले आफन्त र घरबेटीलाई लगाईदिए कोरोना खोप 
images

गोरखा, २७ जेठ । गोरखाको एक पालिकामा स्वास्थ्यकर्मीका आफन्त र घरबेटीको हैसियतले कोभिड १९ को खोप लगाएका छन् । पालुङटार नगरपालिका वडा नं. १ खोप्लाङ स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीका परिबार र डेरा गरेर बसेको घरबेटीले प्रक्रिया मिचेर बिहिबार खोप लगाएका हुन् ।

images
images

स्वास्थ्यचौकीका हेल्थ असिस्टेण्ट प्रवीण श्रेष्ठले आफ्नी श्रीमती २३ बर्षकी अनुपा श्रेष्ठलाई कोभिड विरुद्धको खोप लगाइदिएका छन् । त्यस्तै कार्यालय सहयोगी गान्धिश्वर श्रेष्ठले आफ्नी छोरीहरु र १९ बर्षकी आर्जु श्रेष्ठ, २१ बर्षकी आकृति श्रेष्ठ र श्रीमती प्रमिलालाई पनि कोभिडविरुद्धको खोप लगाइदिएका छन् ।

त्यस्तै सोही स्वास्थ्यचौकीमा कार्यरत अनमि लक्ष्मीदेवी खनाल डेरा गरेर बस्ने घरबेटी ५९ बर्षकी राधादेवी न्यौपानेलाई पनि खोप लगाइदिएका छन् । स्थानीय टोल विकास संस्थाका अध्यक्ष ४४ बर्षका जितबहादुर देवकोटालाई पनि बिहिबार खोप लगाएका छन् ।

अहिले सञ्चालित कोभिड १९ को तेस्रो चरणको खोप ६० बर्षदेखि ६५ बर्षभित्रका ज्येष्ठ नागरिकलाई लगाउने सरकारले मापदण्ड बनाएको थियो । तर स्थानीय स्वास्थ्यकर्मीको टोलीले आफुखुशी मापदण्ड मिचेर खोप लगाएका हुन् ।

अपरान्ह चार बजेतिर स्वास्थ्यकर्मीको टोलीले मापदण्ड मिचेर खोप लगाउन थालेपछि स्थानीयबासीले बिरोध गरेका थिए । ‘स्वास्थ्यचौकीका कर्मचारीले धमाधम आफ्ना खलक र घरबेटी, घरबेटीका छिमेकी भन्दै खोप लगाउन थालेपछि हामीले बिरोध ग¥यौँ’, बिरोधमा उत्रिएका एक स्थानीयले भने, ‘छ, सात जनालाई लगाइसकेका थिए । अरु दुईजनाको पनि टिकट बनाइसकेका थिए तर खोप लगाउन पाएनन् ।’ आफूहरुले फोटो खिच्ने र विवाद गर्न थालेपछि स्वास्थ्यटोलीले सो ठाउँ छाडेका उनले बताए ।


टोलीको नेतृत्व गरेका पालिकाका स्वास्थ्य शाखा प्रमुख अधिकारीले केही खोप बाँकी रहेकाले स्वास्थ्यकर्मीको आग्रहमा लगाइएको तर्क गरे । ‘म त त्यतिबेला त्यहाँ थिइन । केही खोप बाँकी रह्यो भनेर साथीहरुले धमाधम प्रक्रियाभित्र नपर्नेहरुलाई पनि लगाउन थाल्नु भएको रहेछ’, उनले भने, ‘स्थानीयबासीले बिरोध गरेपछि मैले पनि थाहा पाएँ अनि कार्यक्रम बन्द गरेर हिडेका हौँ ।’

सो खोपकेन्द्रमा बिहिबार एकसय ७६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । त्यहाँ पठाइएकोमध्य एकसय २४ वटा खोप बाँकी रहेपछि मापदण्ड मिचेर आफन्तहरुलाई घुसाइएको भन्दै स्थानीयले बिरोध गरेका छन् ।

images
प्रकाशित मिति :जेठ २७, २०७८ बिहिवार - २१:०८:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology